संसद विघटन मुद्दामा भोलि बहस नहुने

काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा भोली (मंगलबार) बहस नहुने भएको छ ।

न्यायाधीश इन्द्रराज पाण्डेको निधनमा शोक मनाइने भएकोले भोली इजलास नबस्ने भएको हो ।प्रधानन्यायाधीश चोलेन्‍द्रशम्शेर जबराले भोली शोक मनाउने भएकोले बहस नहुने जानकारी दिनुभयो ।

आइतवार सरकारी पक्षका अधिवक्ताहरुको बहस सकिएपछि सोमबारदेखि प्रधानमन्त्रीका कानून व्यवसायीले बहस थालेका छन् ।

यो पनि पढ्नुहोस्

‘तानाशाहीकरण कसरी हुन्छ भन्दा राज्यका सबै अंगलाई जब कार्यकारिणीले वंशीभूत गर्छ, विभिन्न ढंगले त्रसित बनाउँछ र नियन्त्रणमा लिन्छ ।

अनि, नियन्त्रण-सन्तुलन गुम्छ । नियन्त्रण-सन्तुलनका अंग गुम्छन् । राज्यका सबै अंग कार्यकारिणी अर्थात् सरकारका रबर स्ट्याम जस्ता बन्छन् । तब तानाशाही हुन्छ । नत्र त तानाशाहीलाई अदालतले हटाइदिन्छ । अर्कोले हटाइदिन्छ । अर्कोले मान्दैन, उसको स्वतन्त्र भूमिका हुन्छ ।

धाँधली गर्न निर्वाचन आयोगले दिँदैन । भ्रष्टाचार गर्न अख्तियारले दिँदैन । तर, यी सबैलाई नियन्त्रणमा गरिदिइसकेपछि, निरीह बनाइसकेर नियन्त्रणमा लिएपछि अनि कार्यकारिणी स्वेच्छाचारी हुन्छ ।

तानाशाही भनेको त्यही हो ।’

सरकार कसरी तानाशाही एवं स्वेच्छाचारी बन्छ भन्नेबारे ४१ महिना अगाडि केपी शर्मा ओलीले गरेको व्याख्या हो, यो ।

तेस्रो चरणको स्थानीय तह निर्वाचनको तयारी भइरहँदा २४ भदौ २०७४ मा एपी वान टेलिभिजनमा अन्तर्वार्ता दिँदै ओलीले तत्कालीन सरकार सत्ता कब्जा गर्ने बाटोमा लागेको आरोप लगाएका थिए ।

उनले थप प्रष्टाउँदै भनेका थिए, ‘…बिहेमा भन्ने गर्छन्- बाजा बजाउने तयार छौ ? मन्त्र पढ्ने तयार छौ ? चरू होम्न तयार छौ ? सबै तयार, तयार भनेपछि, ल शुभ लगन भो, शुभ लगन भयो भन्छन् ।

त्यस्तै गरेर सबै अंग तयार गरेपछि (मतपत्र) च्यात्ने बेला भयो (हाउभाउसहित देखाउँदै) । च्यात्यो अनि सबै अंगले अंग पुर्‍याए ।’

चितवनको भरतपुर महानगरपालिकामा मतपत्र च्यात्न राज्यका सबै अंग सरकारको कब्जामा लिएर मात्रै संभव भएको निष्कर्ष निकाल्दै ओलीले तानाशाही शासकको उदाहरण दिएका थिए ।

त्यो अन्तर्वार्ता दिएको दुई महिना नपुग्दै १७ कात्तिक २०७४ मा एमाले र माओवादीबीच गठबन्धन बन्यो ।

वाम गठबन्धनले सात मध्ये ६ प्रदेश दुई तिहाइ र संघीय संसदमा ६४ प्रतिशत जनमत पायो अनि ३ फागुन २०७४ मा ओलीको सत्तारोहण भयो ।

पूर्वएमाले अध्यक्ष ओलीले मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाएर इतिहास रच्ने स्वर्ण अवसर पाए ।

ओलीलाई कहिल्यै साथ नदिएकाहरूले पनि उत्साहित हुँदै ‘अवसर गाथा’ लेखे ।

२०७४ को निर्वाचन परिणामपछि ‘अबको राजनीतिले स्थिर यात्रा तय गर्ने’ निष्कर्ष निकालेका विश्लेषक नारायण ढकाल भन्छन्, ‘ओलीले पाएको अवसर चानेचुने थिएन । तर, उनी सत्ता कब्जा गर्ने बाटोमा लागे ।’

अहिले प्रधानमन्त्री ओलीलाई उनको समूहबाहेक सबैले भनिरहेका छन्- तानाशाही बाटोमा लागेको शासक ।

संसद पुनस्थापनाको माग गर्दै ‘तेस्रो चरणको आन्दोलन’ गरिरहेको विभाजित नेकपाका प्रचण्ड-माधव समूहले ओलीका कदमविरुद्ध माघ २२ गते आमहड्ताल नै गर्‍यो ।

जनप्रदर्शनलाई प्राथमिकतामा राखेको यो समूहले आकस्मिकरुपमा आमहड्ताल गर्नुको कारण थियो, २१ गते ११ वटा संवैधानिक निकायमा ३८ पदाधिकारीलाई शपथ गराइनू ।

अध्यादेश ल्याएर संवैधानिक निकायहरूमा नियुक्ति गर्नुलाई कामचलाउ प्रधानमन्त्री ओलीको सत्ता कब्जा भन्दै आएका अधिवक्ता ओमप्रकाश अर्याल शक्ति सन्तुलन गर्नुपर्ने ठाउँहरुमा कार्यपालिकाको ‘एस म्यान’हरु ल्याइएको बताउँछन् ।

उनी भन्छन्, ‘राज्य पूरा कब्जा भएको अवस्था देखिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय