ओलीसंग अब हार्नुको विकल्प रहेनः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको वकालत गरेकोले हार्नेबाहेक अरू विकल्प नरहेको पनि दाबी गर्नुभएको छ ।

प्रचण्डले नारायणहिटी संग्राहलय अगाडि ३५ हजार पनि मानिस सहभागी नभएपछि प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक अवस्थामा गइसकेको समेत बताउनुभयो ।सोमबार एकिकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, अस्तिसम्म त धाकधक्कु लगाउँथे ।

केपी ओली अब रक्षात्मक हुने गतिमा गइसके । उनीहरुको डिफेन्सिभ हुने वातावरण बनिसक्यो । अस्तिको कार्यक्रममा सुरक्षा संगठनका मान्छेले गन्दा पनि तीस हजारभन्दा बढी देखिएनन् ।

अहिले उनीहरूनै धेरै मान्छे किन ल्याउन सकिएन भनेर एकअर्कामा गाली गर्दै हिँडेका छन्।’

ओली शिक्षक तथा वुद्धिजीविहरूसँग तर्संने तथा आफूले जे भन्यो त्यही मान्ने हनुमान र अन्धभक्त मात्रै मन पराउने पनि उहाँको भनाई छ ।

ओली शिक्षक राजनीतिमा लाग्नुहुन्न भन्ने कुराको प्रवक्ता भए पनि त्यो ढाँट कुरा भएको उहाँको टिप्पणी थियो ।
श्रोत ज्योतिन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय