धा’रिलो ह.तियार प्रहार गरि एक महिलाको घरभित्रै ह,त्या

कलैया । बारामा ४८ वर्षीया महिलाको घरभित्रै ह*त्या भएको छ ।

महागढीमाई नगरपालिका-१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति ह;त्या भएको हो ।प्रहरीका अनुसार कान्तिदेवीको गालामा धा’रिलो ह.तियार प्रहार भएको छ ।

जनकपुरस्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाइएको डिएसपी गौतम मिश्रले जानकारी दिए ।

आइतबार बेलुकी उनका श्रीमान खाना खाएर घर बाहिर निस्किएका थिए ।

केहीबेरपछि आफू घरमा फर्किंदा श्रीमतीलाई मृ.त अवस्थामा फेला पारेको उनले प्रहरीसमक्ष बताएका छन् ।

कुशवाह परिवारका तीन छोरा र एक छोरी भए पनि उनीहरु अध्ययनको सिलसिलामा जिल्ला बाहिर छन् ।

यो पनि पढ्नुहोस्

गुल्मिको मुसिकोट नगरपालिका २ मुसिकोटको खस्थोक अमराइस्थित श्री खस्थोक माध्यमिक विद्यालयको ६२ औं वार्षिक उत्सव भब्यताका साथ सम्पन्न भएको छ ।

विद्यालयको आफ्नै प्राङ्गणमा भएको उक्त कार्यक्रममा मुसिकोट नगरपालिका २ मुसिकोटका वडाअध्यक्ष लक्ष्मण खत्रीले प्रमुख अतिथिको रुपमा बोल्दै सामुदायिक विद्यालयले प्रमुख कामका रुपमा शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिदै गाउँबाट तिब्र बसाइँसराइ रोक्न सबैले पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

साथमा क्षमतावान विद्यार्थी गाउबाट पलायन हुनु दुखको कुरा भएको खत्रीले बताउनुभएको थियो ।

त्यस्तै कार्यक्रममा शिक्षकको तर्फबाट मोति बहादुर महत, वडासदस्य चुरा बहादुर पछाइ लगायतले शुभकामना मन्तब्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा शैक्षिक सत्र २०७६ सालको कार्षिक परिक्षाफलको पुरस्कार वितरण गर्नुका साथै विद्यालयमा स्थापना गरिएका विभिन्न शिर्षकका अक्षयकोषको प्राप्त रकमबाट गरिब तथा जेहेन्दार विद्यार्थिहरुलाइ पुरस्कार प्रदान गरिएको विद्यालयका शिक्षक कृष्ण प्रसाद घिमिरेले नबखबरलाइ जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रममा विद्यालयलाइ चन्दा दिने चन्दादाताहरुलाइ सम्मान,विद्यालयका सदनहरुबिच अन्तर सदनात्मक कार्यक्रम, लगायतका कार्यक्रम प्रस्तुत भएका थिए ।

विद्यालयमा विद्यालयका आजिवन सदस्य, अभिभावक, शिक्षाप्रेमी, चन्दादाता, शिक्षक, विद्यार्थी तथा शुभेच्छुकहरुको उल्लेखनीय उपस्थिति रहेको घिमिरेले जानकारी दिनुभयो ।

विद्यालयको आर्थिक प्रतिवेदन प्रधानाध्यापक कृष्ण बहादुर सुर्यवम्शीले प्रस्तुत गर्नुभएको थियो ।

विद्यालयका शिक्षक केशवराज पोख्रेलको स्वागत मन्तब्य सङ्गै सुरु भएको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दिपक कुमार महतको रहेको कार्यक्रमको सन्चालन शिक्षक कृष्ण प्रसाद घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय