खस्थोक माध्यमिक विद्यालयको वार्षिक उत्सव भब्यताका साथ सम्पन्न

विष्णुप्रसाद आचार्य(चकित) गुल्मी  गुल्मिको मुसिकोट नगरपालिका २ मुसिकोटको खस्थोक अमराइस्थित श्री खस्थोक माध्यमिक विद्यालयको ६२ औं वार्षिक उत्सव भब्यताका साथ सम्पन्न भएको छ ।

विद्यालयको आफ्नै प्राङ्गणमा भएको उक्त कार्यक्रममा मुसिकोट नगरपालिका २ मुसिकोटका वडाअध्यक्ष लक्ष्मण खत्रीले प्रमुख अतिथिको रुपमा बोल्दै सामुदायिक विद्यालयले प्रमुख कामका रुपमा शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिदै गाउँबाट तिब्र बसाइँसराइ रोक्न सबैले पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

साथमा क्षमतावान विद्यार्थी गाउबाट पलायन हुनु दुखको कुरा भएको खत्रीले बताउनुभएको थियो ।त्यस्तै कार्यक्रममा शिक्षकको तर्फबाट मोति बहादुर महत, वडासदस्य चुरा बहादुर पछाइ

लगायतले शुभकामना मन्तब्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा शैक्षिक सत्र २०७६ सालको कार्षिक परिक्षाफलको पुरस्कार वितरण गर्नुका साथै विद्यालयमा स्थापना गरिएका विभिन्न शिर्षकका अक्षयकोषको प्राप्त रकमबाट गरिब तथा जेहेन्दार विद्यार्थिहरुलाइ पुरस्कार प्रदान गरिएको विद्यालयका शिक्षक कृष्ण प्रसाद घिमिरेले नबखबरलाइ जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रममा विद्यालयलाइ चन्दा दिने चन्दादाताहरुलाइ सम्मान,विद्यालयका सदनहरुबिच अन्तर सदनात्मक कार्यक्रम, लगायतका कार्यक्रम प्रस्तुत भएका थिए ।

विद्यालयमा विद्यालयका आजिवन सदस्य, अभिभावक, शिक्षाप्रेमी, चन्दादाता, शिक्षक, विद्यार्थी तथा शुभेच्छुकहरुको उल्लेखनीय उपस्थिति रहेको घिमिरेले जानकारी दिनुभयो ।

विद्यालयको आर्थिक प्रतिवेदन प्रधानाध्यापक कृष्ण बहादुर सुर्यवम्शीले प्रस्तुत गर्नुभएको थियो ।

विद्यालयका शिक्षक केशवराज पोख्रेलको स्वागत मन्तब्य सङ्गै सुरु भएको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दिपक कुमार महतको रहेको कार्यक्रमको सन्चालन शिक्षक कृष्ण प्रसाद घिमिरेले गर्नुभएको थियो ।

यो पानो  पढ्नुहोस् नेपाली काङ्ग्रेस मुसिकोट नगरपालिका वडा नम्बर ७ वडा कार्य समितिको आयोजनामा शोक सभा सम्पन्न सम्पन्न भएको छ ।

आइतबार नेपाली काङ्ग्रेसका कृयाशिल सदस्य विष्णु प्रसाद सापकोटाको निंधनको नवौं दिनको पुण्य तिथि पारेर शोंक सभा कार्यक्रम गरिएको नेपाली काङ्ग्रेस मुसिकोट नगर सभापति सुदर्शन शाक्यले नबखबरलाइ जानकारी दिनुभयो ।

शोंक सभा कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मी कि सचिव विष्णु कुमारी सापकोटा प्रमुख अतिथिको रुपमा बोल्दै विष्णु प्रसाद सापकोटा एउटा सच्चा लोकतन्त्रप्रेमी गुमाउनुपर्दा नेपाली काङ्ग्रेसलाई मात्र नभएर यहाको सिङ्गो समुदायलाइ नै ठूलो क्षति भएको बताउनुभएको थियो ।

त्यस्तै विशेष अतिथि नेपाली काङ्ग्रेस महासमिती सदस्य महेन्द्र प्रसाद भण्डारीले बोल्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै उहाबाट धेरै सिक्नुपर्ने कुराहरु रहेकोले उहाँ सबैको मार्गदर्शक भएको बताउनुभएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस मुसिकोटका छाया सरकार प्रमुख झबिलाल भण्डारी , ने का नगर सचिव मोहन घिमिरे, ने का पुर्व जिल्ला सदस्य कृष्णणहरि सापकोटा, कृयाशिल सदस्य देबेन्द्र सापकोटा लगायतले बोल्दै सापकोटाप्रती सम्मान भाव ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस पुर्व जिल्ला सचिव हरिनारायण सापकोटा, नेपाली काङ्ग्रेस गुल्मिकी सदस्य कल्पना घिमिरे, नेपाली काङ्ग्रेस मुसिकोट नगर सभापती सुदर्शन शाक्य,

दलित सङ्घ नगर सभापति दिनेश खाती,नेपाली काङ्ग्रेस पुर्व जिल्ला सदस्य फन बहादुर रायमाझि,नेपाली काङ्ग्रेस मुसिकोटका सल्लाहकार भिमलाल सापकोटा, नेपाली काङ्ग्रेस वडा नम्बर ८ का सभापति ताराक बहादुर रायमाझी,

वडा नम्बर ८ का वडा सचिव रण बहादुर रायमाझी, वडा नम्बर ७ का सचिव डिलाराम खरेल,लगायत टोल सभापति, उपसभापति सचिव तथा कृयाशिल सदस्य तथा शुभेच्छुकहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस  वडा नम्बर ७ का को तर्फबाट वडा सचिव तेजिन्द्र बहादुर जिसिले शोकपत्र वाचन गर्नुभएको थियो । वडा नम्बर ८ का वडाध्यक्ष नारायण सापकोटाले पनि सोही कार्यक्रममा वडाको तर्फबाट शोकपत्र वाचन गर्नुभएको थियो ।

साथमा सुर्योदय क्लवको तर्फबाट समेत वडाध्यक्ष नारायण सापकोटाले शोकपत्र वाचन गरि परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

नेपाली काङ्ग्रेस वडा नम्बर ७ का कार्यवाहक सभापती बेग प्रसाद शाक्यको सभापतित्व रहेको कार्यक्रमको सन्चालन वडा सचिव तेजिन्द्र बहादुर जिसिले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय