नेपाली काङ्ग्रेस मुसिकोटद्वारा शोक सभा सम्पन्न

विष्णुप्रसाद आचार्य गुल्मी नेपाली काङ्ग्रेस मुसिकोट नगरपालिका वडा नम्बर ७ वडा कार्य समितिको आयोजनामा शोक सभा सम्पन्न सम्पन्न भएको छ ।

आइतबार नेपाली काङ्ग्रेसका कृयाशिल सदस्य विष्णु प्रसाद सापकोटाको निंधनको नवौं दिनको पुण्य तिथि पारेर शोंक सभा कार्यक्रम गरिएको नेपाली काङ्ग्रेस मुसिकोट नगर सभापति सुदर्शन शाक्यले नबखबरलाइ जानकारी दिनुभयो ।

शोंक सभा कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मी कि सचिव विष्णु कुमारी सापकोटा प्रमुख अतिथिको रुपमा बोल्दै विष्णु प्रसाद सापकोटा एउटा सच्चा लोकतन्त्रप्रेमी गुमाउनुपर्दा नेपाली काङ्ग्रेसलाई

मात्र नभएर यहाको सिङ्गो समुदायलाइ नै ठूलो क्षति भएको बताउनुभएको थियो ।

त्यस्तै विशेष अतिथि नेपाली काङ्ग्रेस महासमिती सदस्य महेन्द्र प्रसाद भण्डारीले बोल्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै उहाबाट धेरै सिक्नुपर्ने कुराहरु रहेकोले उहाँ सबैको मार्गदर्शक भएको बताउनुभएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस मुसिकोटका छाया सरकार प्रमुख झबिलाल भण्डारी , ने का नगर सचिव मोहन घिमिरे, ने का पुर्व जिल्ला सदस्य कृष्णणहरि सापकोटा, कृयाशिल सदस्य देबेन्द्र सापकोटा लगायतले बोल्दै सापकोटाप्रती सम्मान भाव ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस पुर्व जिल्ला सचिव हरिनारायण सापकोटा, नेपाली काङ्ग्रेस गुल्मिकी सदस्य कल्पना घिमिरे, नेपाली काङ्ग्रेस मुसिकोट नगर सभापती सुदर्शन शाक्य,

दलित सङ्घ नगर सभापति दिनेश खाती,नेपाली काङ्ग्रेस पुर्व जिल्ला सदस्य फन बहादुर रायमाझि,नेपाली काङ्ग्रेस मुसिकोटका सल्लाहकार भिमलाल सापकोटा, नेपाली काङ्ग्रेस वडा नम्बर ८ का सभापति ताराक बहादुर रायमाझी,

वडा नम्बर ८ का वडा सचिव रण बहादुर रायमाझी, वडा नम्बर ७ का सचिव डिलाराम खरेल,लगायत टोल सभापति, उपसभापति सचिव तथा कृयाशिल सदस्य तथा शुभेच्छुकहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस  वडा नम्बर ७ का को तर्फबाट वडा सचिव तेजिन्द्र बहादुर जिसिले शोकपत्र वाचन गर्नुभएको थियो । वडा नम्बर ८ का वडाध्यक्ष नारायण सापकोटाले पनि सोही कार्यक्रममा वडाको तर्फबाट शोकपत्र वाचन गर्नुभएको थियो ।

साथमा सुर्योदय क्लवको तर्फबाट समेत वडाध्यक्ष नारायण सापकोटाले शोकपत्र वाचन गरि परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

नेपाली काङ्ग्रेस वडा नम्बर ७ का कार्यवाहक सभापती बेग प्रसाद शाक्यको सभापतित्व रहेको कार्यक्रमको सन्चालन वडा सचिव तेजिन्द्र बहादुर जिसिले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय