ज्योति गुमाएको ३ महिनापछि पुन: संसार देख्न पाउदा अधिक खुसि ब्यक्त : ८७ वर्षीय पिताम्बर

सागर भण्डारी गुल्मी । मुसिकोट नगरपालिका ९ अर्लाङ्कोटका ८६ वर्षीय पिताम्बर खरालले मोतिया विन्दुका कारण दुबै आँखाको ज्योति गुमाएकाो ३ महिना भएको थियो ।

आँखाको उपचारका लागि भैरहवा जाने सोँच परिवारले बनाएका थिए । तर कोरोनाका कारण भैरहवा जाने स्थिति रहेन् ।उज्यालो ससांरबाट टाढा रहेका खरालको वामीमै सम्पन्न निशुल्क आँखा शिविरमा दुवै आँखाको एकैपटक सफलता पूर्वक मोतियाबिन्दुको अप्रेशन सफल भयो ।

शुक्रवार आँखाको अप्रेशन पश्चात पुन : ८७ वर्षको उमेरमा गुमेको ज्योति पाउँदा उनी निकै खुसी देखिन्थे ।

 

उनको उपचारका लागि वामीसम्म लिएर आएका छोरा बुद्धिमणी खराललाई पनि आफ्नै गाउँठाउँमा भएको निशुल्क आँखा शिविरबाट बुबाको आँखा ठिक भएको देख्दा निकै खुसी लागेको छ ।

बाग्लुङको गल्कोट नगरपालिका वडा नं ११ रिघाका भक्त बहादुर रानाले वामीमा आँखा शिविर हुँदै छ भन्ने रेडियोबाट सुने ।

लामो समय भारतको पल्टनमा रोजगारी गरेर फर्किएका उनले २०३८ साल देखि नै आँखाले राम्रो सगं देख्दैनथे । भारतमै र नेपालका विभिन्न ठाउँमा आँखाको चेकजाँच गराएर केही सामान्य निको भएपनि उनले विगत १ वर्षदेखि एउटा आँखाको ज्योति गुमाएका थिए ।

उनको पनि शुक्रवार शल्यक्रिया भयो । अहिले राम्रोसगं देख्न सक्ने भएकोमा उनलाई कम्ता खुसी लागेको छैन् । मैले त अब आँखा देख्न सक्दिन होला भन्ने लागेको थियो, उनले भने अहिले त प्रष्ट देख्न सक्ने भएको छु ।

बाग्लुङकै बडिगाड गाउँपालिका वडा नं २ राक्सेका बहादुर बनले १ वर्ष अगाडी झण्डै २२ हजार खर्च गरेर बुटबल पुगेर एउटा आँखाको मोतियाबिन्दुको अप्रेशन गरेका थिए ।

त्यसको केही समयपछि फेरी अर्को आँखाको ज्योति गुमाएका उनले वामीमै आँखाको शल्यक्रिया हुन्छ भन्दा शुरुमा पत्याएनन् । कोरोना कम हुँदै गएकाले अब फेरी बुटबल जाने सोँच उनले बनाएका थिए ।

परिवार सबैले जवरजस्ती गरेपछि उनी वामीमा सञ्चालित निशुल्क आँखा शिविरमा आए । उनकी श्रीमती रुमकला बनले आफ्नै गाउँठाउँमा यस्तो शिविर सञ्चालन हुँदा पैसाको पनि बचत भएको र भैरहवा जान नपरेकाले खुसी लागेको बताईन् ।

मुसिकोट नगरपालिकाको आयोजना र नेपाल नेत्रज्योतिसघं श्री कृष्णहरी रुद्रावती आँखा उपचार केन्द्र वामीको सह आयोजनामा २ दिनसम्म मुसिकोट नगरपालिका ७ वामीटक्सारमा सञ्चालित निशुल्क आँखा शिविरमा ४२ जनाले मोतियाबिन्दुको अप्रेशन गराएका छन् ।

त्यस्तै शिविरको पहिलो दिन १ सय ११ जना र दोस्रो दिन ६० जनाले लाभ लिएका छन् ।

शिविरको प्राविधिक सहयोग गरिरहेको पाल्पा लायन्स लाकोल आँखा अस्पतालकी डा. एलिना गौचनले ४२ जनाको अप्रेशन गरेकोमा ८७ वर्षको उमेरमा दुवै आँखाको एकैचोटी अप्रेशन गरेको आफ्नो पहिलो अनुभव सगैं सफलता भएको बताईन् ।

उनले मोतियाबिन्दुको अप्रेशन गरेर उज्यालो सन्सार देखाईदिएको भन्दै सबैको स्वाबासी समेत पाईन् ।

श्री कृष्णहरी रुद्रावती आँखा उपचार केन्द्र वामीका अध्यक्ष सुदर्शन शाक्यले यस्तो खालको आँखा शिविर प्रत्येक ३/३ महिनाको फरकमा गर्ने गरी तैयारी भईरहेको बताए ।

शनिवार आँखा शिविरको समापन अवसरमा मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले प्राविधिक सहयोग गर्ने पाल्पा लायन्स लाकोल आँखा अस्पताल प्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्तै शिविरको आयोजनामा सहयोगको अपेक्षा राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल नेत्रज्योति सघं ऐस्ऐस्कर सदस्य एवम् वरिष्ठ समाजसेवी कृष्णहरी सापकोटा, सल्लाहकार सदस्य गोपीकृष्ण खरेल, आँखा उपचार केन्द्र वामीका सञ्चालक समितिका पदाधिकारी, लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन मुसिकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिबी जिसीले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय