काठमाडौं । नेपालक कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापाले नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चिडियाखानामा लगेर थुन्ने बताएका छन् ।
नारायणहिटी दरबारको प्रांगणमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै नेता बादलले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा थापाले भने, ‘मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलमा लगेर थुन्छु ।’नेकपा अध्यक्ष प्रचण्डले केही समय पहिले बोलेका
मांसहारी आन्दोलनको आवश्यकता छ भन्ने तर्फ लक्षित गर्दै उनले भने, ‘मांसाहारी आन्दोलनलाई हाम्रो संविधान र कानुनले अपराध भन्छ ।’
मांसाहारी आन्दोलन गर्नेहरूप्रति सचेत रहन समेत गृहमन्त्री थापाले निर्देशन दिए ।
यो पनि पढ्नुहोस्
काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध संघर्षको बाटो छोडेर पलायन नहुने दावी गर्नुभएको छ ।
आज बिहान लालितपुरमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो– ‘हामी संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्षमा छौँ ।
यो बाटो छोडेर हामी कोही पनि नेता पलायन हुने छैनौं ’ ।यस्तै उहाँलृे राम्रा दिमाग भएकाहरू प्रतिगमनको विरोधमा रहेको बताउनुभएको छ ।
नागरिक समाज, लेखक र बुद्धिजिवीहरु सरकारको असंवैधानिक कदमको विरोधमा रहेको अध्यक्ष प्रचण्डको तर्क छ ।
‘यो पार्टीभित्रको मात्रै विवाद होइन ।
यो प्रतिगमनका पक्षमा र संविधानको पक्षमा भएको हमला हो,’ उनले भने, ‘अहिले किन नागरिक समाज, लेखक, बुद्धिजिवी प्रतिगमनको विरुद्धमा आएका छन्, उनीहरू कम्युनिष्ट होइनन् ।
यो देशका राम्रा दिमाग भएकाहरू प्रतिगमनका विरूद्धमा छन् ।’
एमसीसीबारे पार्टीले अन्तिम निर्णय लिइनसकेको उहाँको भनाई छ । ‘एमसीसीबारे पार्टीले अन्तिम निर्णय लिएको छैन,’ उहाँले भन्नुभयो ‘यो बेला प्रतिगमनविरुद्धको नारामा फोकस नभएर दशथरीको नारा लगाउनुभन्दा
एउटै विषयमा फोकस हौं भनेको हो, त्यसले आन्दोलन प्रहारको निशाना कमजोर हुन्छ भनेर मैले रोकें ।’