काँग्रेसका भातृ संगठनले गर्यो बागलुङमा विरोध प्रदर्शन

बागलुङ : संसद विघटनको विरोधमा नेपाली काँग्रेसका भातृ संस्थाद्वारा बागलुङमा विरोध प्रर्दशन गरेका छन् ।

जिल्लामा क्रियाशिल विभिन्न भातृ संस्थाहरुको संयुक्त आयोजनामा सदरमुकाम बागलुङ बजारमा विरोध प्रदर्शन तथा सभा गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरेको भन्दै

 

यसको विरोधमा नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिले आफ्ना भातृ संस्थालाई देश भर प्रदर्शनमा उत्रिन आग्रह गरेको थियो ।

केन्द्रिय कार्यक्रम अनुसार जिल्लामा पनि सवै भातृ संस्थाको अगुवाईमा विरोध प्रदर्शन गरिएको नेपाल महिला संघ बागलुङका जिल्ला अध्यक्ष शकुन्तला शर्माले बताईन ।

काँग्रेस पार्टी कार्यालयबाट सुरु गरिएको विरोध प्रदर्शन विभिन्न नारा लगाउँदै बुद्धचोकमा गएर सभामा परिणत भएको थियो ।

विरोध सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य किरणराज पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले मनपरी ढंगले गरेको संसद विघटन असंवैधानिक मात्र नभएर गैर जिम्मेवारी कदम भएको बताए ।

उनले केपी ओलीको सर्वसत्ताबादले मुलुक खतरामा पर्न सक्ने भन्दै मुलुकलाई खतराबाट जोगाउनका निम्ती काँग्रेसले अग्रसर लिने बताए ।

उनले काँग्रेस प्रतिगमन विरुद्ध निरन्तर लड्ने बताए । उनले ओली सरकारले मुलुकमा हत्याहिंसा बलत्कार र भ्रष्टचारलाई झनै प्रसय दिएको समेत आरोप लगाए ।

कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सभापती दिपेन्द्र बहादुर थापाले संसद विघटनले मुलुकमा झनै राजनितिक द्धन्द निम्ताएको बताए ।

सभामा नेपाली काँग्रेसका पुर्व पार्टी सभापति गोविन्द्र प्रसाद शर्मा कंडेल, हरिप्रसाद श्रेष्ठ, गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, नेपाल महिला संघका केन्द्रिय सदस्य एवं काँग्रेस महाधिवेशन

प्रतिनिधि पार्वती आचार्य, भूपू सैनिक संघका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष क्या. हरिबहादुर भण्डारी, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष खड्क थापा, नेपाल प्रजातान्त्र सेनानी संघका अध्यक्ष तारा प्रसाद गौतम, नेपाल

दलित संघका जिल्ला अध्यक्ष ताराबहादुर विक राष्ट्रिय लोकतान्त्रीक अपांग संघका अध्यक्ष गंगा कंडेल लगायतले प्रतिगमन विरुद्धको आन्दोलनमा काँग्रेस निरन्तर लाग्ने बताएका थिए ।

कार्यक्रम नेपाल महिला संघका अध्यक्ष शकुन्तला शर्माको अध्यक्षता, नेपाल राष्ट्रिय मगर संघका अध्यक्ष एवं गलकोट नगरपालिका–१० का वडा अध्यक्ष तिलक घर्तिको स्वागत र नेपाल तरुणदल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’को संचालनमा सम्पन्न भएको थियो ।

विरोध प्रदर्शन नेपाल तरुणदल, नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल राष्ट्रिय मगर संघ, भूपू सैनिक संघ, राष्ट्रिय लोकतान्त्रीक अपांग संघका नेपाल सांस्कृतिक संघका नेपाल मुस्लिम संघले संयुक्त रुपमा आयोजना गरेका थिए ।
श्रोत बागलुङ पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय