तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँं सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

त्यसैगरी तेमाल गाउँपालिकाले पनि ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय यसअघि नै गरिसकेको छ ।
गाउँपालिकाले ल्होसार पर्व मनाउनको लागि आगामी माघ २८, २९ र ३० गते गाउँपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय र शैक्षिक संस्थासमेत बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
तामाङ समुदायले ल्होसारलाई सांस्कृतिक तथा धार्मिक पर्वको रुपमा मनाउने गर्दछ ।
तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ल्होसारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ । चन्द्रमास पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होसार अर्थात नयाँ वर्ष मान्ने गरिन्छ ।
ल्होसारमा १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लो अर्थात वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ ।
यो पनि पढ्नुहोस्
पहिलो पटक जब फेसबुकमा उसको म्यासेज आयो म झस्किएँ । मुटुको गति थामिए जस्तै भयो ।
श्रीमान घरमा हुनुन्थेनन् । फेरी पनि मैले कुनै गलत गर्दैछु झैं लाग्यो । अनलाईनमा आएको एउटा म्यासेजलाई हेर्न पनि मैले यता उता हेरेँ कसैले देखेको पो छ कि रु आफैमाथि हाँसे अनि सोचे घरमा कोही पनि छैन् त कोसँग डराएको होला ।
उसले म्यासेजमा हाय म तीमीसँग मित्रता गाँस्न चाहन्छु’ भनेर लेखेको थियो । म्यासेज पढेर मुहारमा मन्द मुस्कान आयो । तर आफैलाई होईन जस्तो गरी सम्माहले ।
एउटा नचिनेको मान्छेको अनलाईनमा म्यासेज आउँदा मैले चाँसो किन राख्नेँ श्रीमानको कुरा मनमा आउने बित्तिकै मनमा कस्तो घोँचे जस्तै भयो ।
त्यो उनको चिसोपना हो कि कुनै नचिनेको मान्छेले लेखेको हायले पनि मेरो मनमा काउकुती लगाई रहेको थियो ।
शायद मैले उसलाई कुनै प्रतिउत्तर नदिन पनि सक्थेँ तर उनी प्रति ममा यति धेरै रिस उठी रहेको थियो कि मैले पनि ‘हाय’ भनेर लेखि पठाएँ । थाहा छैन कसरी हो उसलाई म एयर होस्टेज हुँ भन्ने लागि रहेको रहेछ ।
मैले उसलाई साँचो कुरा भन्न सक्थेँ तर त्यति बेला जिस्कीदा मलाई पनि मजा आई रहेको थियो । सानैदेखि सबैले तिमी कति राम्री भनेको सुनेर हुर्केकी थिएँ । दुध झैँ रंग ठुला ठुला आँखा सुन्दर मोहडा र मिलेको सुन्दर ज्यान जो’बन ।
तर मेरो परिवारलाई मेरो बिहे गरिदिने कुरा ठुलो थियो । जुन केटा पहिलो चोटी हेर्न आयो त्यसैसँग लगाएर पठाई दिए । तर त्यो मान्छेलाई न रो’मान्ससँग मतलब छ न मेरो भावनासँग ।
मलाई के लाग्थ्यो भने बिबाहपछि मेरा श्रीमानले मलाई आँखा भरि हेर्नेछन्, रिसाएँ भने फकाउने छन् सप्राईज दिनेछन् र कम्तीमा केही हुन सकेन भने एक कप चिया त पकाउने छन् ।
बिहे भएको एक बर्ष भयो तर अझैसम्म पनि हामीले ‘फो’रप्ले’ गरेका छैनौँ । मैले जतिसुकै मिठो खाना पकाउँ अथवा घरलाई जति सुकै चिटिक्क पारेर राखुँ एक शब्द पनि बोल्दैनन् । सोध्यो भने ‘ठिक छ’ भन्दिनछन् ।
यी र यस्तै कुराहरुमा हराएकी थिएँ कि आकाशले मलाई फेरी झस्कायो । उ मेरो फोटो देख्न चाहन्थ्यो । इन्टरनेटको दुनिया मेरा लागि नयाँ थियो । फेसबुक पनि उनले नै खोली दिएका थिए ।
फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गर्न पनि उहाँले नै सिकाएको हो । तर फोटो पोस्ट गर्न डर लाग्थ्यो ।
तर आकाश मलाई हेर्न बेचैन थियो । केही दिनसम्म मैले उसलाई अल्झाई रहेँ । त्यसपछि मैले उसलाई म एयरहोस्टेज होईन भनिदिएँ । फोटो पठाई पनि दिन्थे तर मसँग कुनै ढंगको फोटो पनि थिएन । आकाश पनि बिबाहित थियो । तीन बर्षको छोरो थियो उसको ।
मल्टीनेशनल कम्पनीमा पनि काम गर्ने रहेछ । विदेश जाने आउने गरि राख्ने । निकै पार्टीहरु हुन्थे जाहाँ केटीहरुले चु’रोट खानु निकै आम कुरा थियो । तर मेरा लागि नयाँ ढंगको रो’मान्च थियो ।
उसकी श्रीमती पनि एउटा ठुलो कम्पनीमा काम गर्दिरहिछन् । उसले नै उनीहरुले एक अर्कालाई धेरै समय दिन नसकेको कुरा भन्थ्यो ।
एक दिन उसले भन्यो ‘आज म निकै दुःखी छु । मेरी श्रीमती मसँग यसकारण कुरा गर्न मानिरहेकी छैन् किनभने उ एउटा मिटिङमा छे ।’ म उसको भावना बुझ्न सक्थेँ । हरेक दिन जसो कुरा गर्दा निकै आ’नन्द हुन्थ्यो ।
यो सबै कुरा मसँग पहिलो पटक हुँदै थियो । एक चरण त कस्तो लाग्ने भने सक्दो छिटो काम सकेर कुरा गरौँ झैँ लाग्ने । एक दिन उसले वेवक्याममा आउन भन्यो । म डराएर अफलाईन भएँ ।
कस्तो लाग्यो भने आजैको दिन मैले नुहाएकी छैन यस्तै देख्यो भने के सोच्ला ।”
मात्र कुराकानी गरेँ त्यो पनि केका लागि भन्दा म कसैकी श्रीमती मात्र होइन म मान्छे पनि त हुँ जसका आफ्ना केही इच्छा आकांक्षाहरु हुन्छन् । अब के गर्ने र के नगर्ने भन्ने दुविधामै केही दिन थप बिते । त्यसपछि एक दिन यसै गरी एउटा केटाको प्रोफाईल हेरेँ ।
अनुहार पनि राम्रै थियो । थाहा छैन मलाई के लाग्यो मैले उसलाई फ्रेन्ड रिक्वेस्ट पठाएँ । उसले भन्यो ‘तपाईं त बिबाहित हो अनि मलाई रिक्वेस्ट किन पठाएको’ रु मैले भने के बिबाहित महिलाहरुले साथी बनाउन हुँदैन।’
त्यसपछि के थियो कुरा अगाडि बढ्यो । म आज पनि उसको स’म्पर्कमा छु । यसैगरी एक दिन फेसबुकमा एउटा प्रोफाईल देखेँ जसको वालमा केही सिनेमाका कलाकारहरुको फोटो थियो ।
मलाई लाग्यो यो मान्छे निकै हाँसो ठट्टा गर्ने मान्छे होला यसको वालमा नयाँ नयाँ कुरा देख्न पाईनेछ । मैले उसलाई ‘फ्रेन्डरिक्वेस्ट’ पठाएँ । उसले एक्सेप्ट पनि ग¥यो । यसैगरी जीवन घस्री राख्याथ्यो कि छोरी भैहाली । त्यसपछि सबै कुरा टक्क अडियो ।