स्याङ्जा घाँस काट्ने क्रममा लडेर स्याङ्जामा एक वृद्धाको मृत्यु भएको छ ।
स्याङ्जाकाे हरिनास गाँउपालिका वडा नं ५ वसन्तडाँडा बस्ने ६४ वर्षीय सेती कमिनी शनिबार खोल्सामा मृत भेटिएकी हुन् ।गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले दिएको जानकारी
अनुसार ती वृद्धा शनिवार पौने ६ बजे खोल्सामा मृत अवस्थामा फेला परेकी हुन् ।
दिउसो ४ बजे घाँस काट्न भनी घरबाट निस्किएर नफर्किए पछि मृतकका
आफन्तले खोजत लास गरेका थिए । बुर्धैरोको घाँस काट्ने क्रममा अन्दाजी २० मिटर तल लडेको प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे प्रहरीले थप अ नु सन्धान गरिरहेको रेग्मीले जानकारी दिनुभएको छ ।
यो पनि पढ्नुहोस् जिल्ला ट्राफिक कार्यालय गुल्मीको आयोजनामा गुल्मीको मुसिकोट नगरपालिका-३ स्थित पृथ्वी माध्यमिक बिधालयमा ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको ।
पृथ्वी माध्यमिक बिधालय कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुको लागी उक्त कार्यक्रम संचालन गरिएको थियो ।कार्यक्रममा सहभागी विद्यार्थीलाई जिल्ला ट्राफिक गुल्मीका प्रमुख जगन्नाथ पाण्डे ,नवीन भण्डारीले सवारी
दु’र्घट,नाबाट बच्न अपनाउनु पर्ने सावधानी, सडक प्रयोग गर्दा ध्यान दिनु पर्नेकुराहरु तथा ट्राफिक नियम सम्बन्धी बिबिध बिषयहरुमा प्रशिक्षण कार्यक्रम
गर्नुका साथै ट्राफिक चेतनामुलक पर्चा,पम्पलेटहरु समेत बितरण गरीएको थियो ।
पृथ्वी माध्यमिक बिधालयका प्र अ चन्द्र पाण्डेले कार्यक्रममा बोल्दै विद्यार्थीको लागी यस्तो कार्यक्रम अति आवस्यक रहेको र यस कार्यक्रमबाट धेरै कुरा सिक्ने अवसर मिलेकोमा खुसी व्यक्त गर्नु भयो
बोल्दै प्र अ पाण्डेले उक्त जनचेतनामूलक कार्यक्रम यस बिधालय ल्याउन विशेष पहल गरेकोमा सुनिल न्यौपानेलाई धन्यवाद दिनुभएको थियो ।
पछिल्लो समय जिल्ला ट्राफिक कार्यक्रम गुल्मीले जनचेतनामूलक कार्यक्रम सक्रियता पुर्वक संचालन गर्दै आएको छ ।
कार्यक्रम जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख जगन्नाथ पाण्डे ,नवीन भण्डारी ,गौरव ज्ञवाली संचारकर्मी सुनिल न्यौपाने पृथ्वी माध्यमिक विद्यालयका प्र अ चन्द्र बहादुर पाण्डे र शिक्षकहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।