संसद् विघटनको पक्षमा सर्वाेच्चमा सरकारी पक्षको बहस शुरु

काठमाडौँ । संसद् विघटनको पक्षमा सर्वाेच्चमा सरकारी पक्षको बहस शुरु भएको छ

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा निवेदकहरूका तर्फबाट बहस सकिएपछि सोमबारदेखि सरकारी पक्षको बहस सुरु भएको छ ।

सोमबारदेखि प्रतिनिधिसभा विघटनको निर्णयको प्रतिरक्षामा महान्यायाधिवक्ता अग्नि खरेललगायत सरकारी वकिल र सरकारका तर्फबाट प्रतिनिधित्व गर्ने कानुन व्यवसायीहरूको बहस सुरु भएको हो । हाल महान्यायाधिवक्ता खरेलले बहस गरिरहनुभएको छ ।

आइतबार विघटनको निर्णय गलत भएकाले त्यसको बदर हुनुपर्ने मागदाबी राखी दर्ता गरेका निवेदक र उनीहरूको पक्षमा वकालत गर्नेहरूको बहस सकिएको थियो ।

१३ दिनको निरन्तर बहसका क्रममा उनीहरूले प्रतिनिधिसभा प्रधानमन्त्रीको विशेषाधिकार नभएको भन्दै अहिलेको संविधानमा त्यो व्यवस्था नरहेको बताएका थिए ।
श्रोत ज्योतिन्यूज

यो पनि पढ्नुहोस्

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

बोर्डले बिहान १० बजे बोलाएको बैठकबाट नतिजा सार्वजनिक गरेको हो । यसको थप विवरण आउन बाँकी छ ।

यसवर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिएको थियो। ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिएको छ।

नियमित तर्फ परीक्षामा तीन लाख १० हजार तीन सय १६ जना सम्मिलित भएका थिए । ती मध्ये सबै भन्दा धेरै जीपीए २ दशमलब ४१ – २ दशमलब ८० मा एक लाख नौ हजार तीन सय १२ विद्यार्थीको ग्रेड वृद्धि भएको बोर्डले जनाएको छ ।

यस्तै ग्रेडबृद्धि तर्फ ९१ हजार नौ सय जना सहभागी थिए भने आँशिक तर्फ ३१ जार ५५ जना गरी चार लाख ३३ हजार २ सय ७१ जना परीक्षामा सहभागि भएको बोर्डले जनाएको छ ।

आँशिक तर्फका एक जनाको नतिजा रद्द गरिएको छ भने नियमित तर्फ छ हजार तीन सय २० जनाको स्थगित गरिएको छ ।

यस्तै दुई हजार नौ सय ८२ जना ग्रेडबृद्धि तर्फका र दुई हजार एक सय ८८ जना आँशिक तर्फका विद्यार्थीको नतिजा स्थगित गरिएको छ । आँशिक तर्फ २५ हजार दुई सय ८८ जना उत्तिर्ण भएका छन् । यो ८१ दशमलब ४३ प्रतिशत हो ।

बोर्डले पुसमध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो। तर, परीक्षा व्यवस्थित नहुँदा नतिजा सार्वजनिक हुन ढिलाइ भएको हो।

गत बैशाख ८ गते देखि सञ्चालन हुनु पर्ने कक्षा १२ को परीक्षा कोरोना भाईरस कोभिड १९ का कारण पूर्णांक घटाएर गत मंसिर ९ गते देखि सञ्चालन गरिएको थियो । कक्षा १२ लाई को परीक्षा ४० प्रतिशत पूर्णांकको मात्र थियो ।

बाँकी ६० प्रतिशत मध्ये ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनका आधारमा गरिएको थियो ।

परीक्षामा सहभागी हुन चार लाख ३३ हजार परीक्षार्थीले आवेदन दिएका थिए । परीक्षा चार हजार एक सय पाँच परीक्षा केन्द्रमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर