प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठक सर्‍यो

काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह)को केन्द्रीय समितिको बैठक सरेको छ ।

आज बिहान ११ बजे बस्ने तय भएको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा समसामयिक विषयमा छलफल हुने नेताहरु बताउँछन् ।

 

प्रचण्ड–माधव समूह गत पुस ५ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा छ ।

संसद विघटनको विरोधमा उसले देशभर आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

बुटवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोधसभा गरिसकेको यो समूहले माघ २८ गते काठमाडौंमा फेरि विरोधसभा गर्ने तयारी गरेको छ ।

यसअघि पुस ७–९ मा बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठक बसेको थियो ।

त्यसलगत्तै बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय