माघ २३ मा नेकपा ओलि समुहले नारायणहिटी दरबार अगाडि आमसभा गर्ने

बिभाजित नेकपाको ओली समूहले आगामी माघ २३ मा गर्ने भनेको आमसभा नारायणहिटी दरबार अगाडि गर्ने भएको छ ।

उक्त आमसभा नारायणहिटीको गेट अगाडि राखिएको बागमती प्रदेश अध्यक्ष एवम् आमसभा तयारी सचिवालयका प्रमुख आनन्द पोखरेलले बताए ।भृकुटी मण्डप अगाडि धेरै मान्छे नअटाउने भएकोले नारायणहिटी दरबार अगाडि राखिएको उनको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने उक्त जनसभा नारायणहिटी दरबार संग्राहलयको दक्षिण ढोकातर्फको सडकमा आयोजना हुने उनले बताए ।

सभामा सांस्कृतिक झाँकी, वेशभूषासहित राष्ट्रिय एकता प्रदर्शन तथा राष्ट्रिय

जनसांस्कृतिक महासङ्घबाट साङ्गीतिक प्रस्तुति गराइने बताइएको छ ।बिभाजित नेकपाका दुबै समुहहरु हाल आ- आफ्नो पक्षमा धेरै मान्छे देखाउने होडबाजिमा छन ।

दुबै समुहले राजधानी बाहिरका प्रमुख शहरहरुमा पनि लगातार आमसभाहरु गरिरहेका छन ।

यो पनि पढ्नुहोस् बुटवल- रुपन्देहीको भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय

विमानस्थलमा व्यवसायिक उडान सुचारु गर्न आवश्यक पर्ने कार्यविधि अझै प्रकाशित हुन सकेको छैन ।

व्यवसायिक उडान तथा अवतरणका लागि नेपाल नागरिक उड्ययन

प्राधिकरणले बनाइरहेको कार्यविधिमा छिमेकी मुलुक भारतको सहमती नपाएपछि कार्यविधि प्रकाशित हुन नपाएको हो ।

प्राधिकरणले बनाएको कार्यविधिमाथि भारत सहमत जनाउन आनाकानी गर्दै नेपाली आकाशमात्रै प्रयोग हुने गरी कार्यविधि बनाउन भारतीय पक्षले प्राधिकरणलाई सुझाव दिएको छ ।

गत एक बर्षदेखि प्राधिकरणले कार्यविधि बनाइरहेको छ ।

सीमानाका नजिकै विमानस्थल रहेकाले विमानस्थलमा जहाजले उडान भर्दा या अवतरण गर्दा भारतको आकाश पनि प्रयोग हुने

भएकाले उसको सहमतीमा नै वयवसायिक उडान तथा अवतरण कार्यविधि बनाउनुपर्ने हुन्छ, तर भारतले आफ्नो आकाश प्रयोग गर्न सहमती दिएको छैन ।

यसअघि पनि भैरहवा विमानस्थलका लागि आवश्यक हुने नेपालगञ्जदेखि पश्चिमको कुनै एक हवाइ प्रवेश बिन्दु दिन भारत असहमत देखिएको थियो ।

भैरहवा विमानस्थलका लागि हवाइ विन्दु दिन आनाकानी गरेपछि अब सरकारले नै कुटनीतिक तहमा छलफल गरेर सहमति गरेपछि मात्र कार्यविधि प्रकाशित हुने भएको प्राधिकरणले जनाएको छ ।

त्यसैले विमानस्थलमा व्यवसायिक उडान तथा अवतरण कार्यविधि बनाउने काम प्रशासनिकबाट कुटनीतिक छलफलमा पुगेको छ ।

केही दिनअघि भारत गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि विमानस्थलको विषय उठान गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको स्रोतले बताएको छ ।

कुटनीतिक सहमतिपछि कार्यविधि प्रकाशित हुने मन्त्रालयको भनाइ छ । अहिले भैरहवा विमानस्थलको भौतिक निर्माण काम ९४ प्रतिशतभन्दा धेरैसकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय