ओलि खलनायक बने : नेकपा अध्क्क्षा प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संबिधानले

नदिएको संसद बिघटनको अधिकार प्रयोग गर्दै जवरजस्ती संसद बिघटन गरेको आरोप लगाएका छन् ।उनले संबिधानतः संसद अझै बिघटन नभएको र केपी ओली एक जना व्यक्तिले संसद भंग

भएको भन्दैमा आफूहरुले नमान्ने बताए ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेको

आरोपमा नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) द्धारा

धनगढीमा जारी आमसभालाई

सम्बोधन गर्दै नेकपा अध्यक्ष दाहालले राष्ट्रवादी छविबाट प्रधानमन्त्री भएका ओली ईतिहासकै खलनायक भएको टिप्पणी गरे ।

केपी शर्मा ओलीले जालझेल र सेटिङ गरेर जवरजस्ती संसद बिघटन गरेको आरोप लगाउदै दाहालले भने, भंग भएको केपी सरकार हो ।

संसद होईन । संसद अझै जिवित छ ।

सर्बोच्चमा संबिधान पुनस्र्थापनाको मुद्दा नभएको भए हामी संसदको बैठक बोलाएर केपी ओलीलाई कारबाही गथ्र्यौ, त्यो तागत हामीसंग छ, दाहालले भने, हामी सर्बौच्चको फैसलाको प्रतिक्षामा छौ ।

प्रतिक्रिया

सम्बन्धित खवर