गायिका सुनिताको बढ्दो लोकप्रियता

काठमाडौं । हरेक व्यक्तिमा कुनै न कुनै प्रतिभा र कला हुन्छ फरक यत्ति हो कसैले त्यो प्रतिभा र कलाको सहि स्थान पाउँछन् कसैले भने ओझेलिनु पर्छ ।

नेपालको साङ्गितिक क्षेत्र अझैं भनौ लोक तथा दोहोरी क्षेत्रमा हरेक दिनजसो नयाँ कलाकारको आगमन हुन्छ । तर यस क्षेत्रमा आउने सबै कलाकारलाई टिकिरहन र बिकिरहन मुस्किल छ ।

पैसाको बलमा गीत बजारमा ल्याएर केहि दिन भाइरल बन्दै हराउनेहरुको संख्या पनि नभएको हैन

 

तर मात्रै कला भएका र यहि क्षेत्रमा आफ्नो भविष्य खोज्ने कलाकारहरुको बिचमा सुनिता बुढा क्षेत्री पनि एक नाम हो ।

सुर्खेतमा जन्मिएर सानैदेखि गीत–संगीतमा रुचि राख्ने सुनिता यतिबेलाकी व्यस्त र अत्यधिक माग भएकी गायिकाको रुपमा परिचित हुनुहुन्छ ।

आफ्नो सुमधुर आवाजकै कारण सबैको मन जित्न सफल सुनिताले अहिले हरेक दिन ४–५ वटा गीतमा स्वर भर्नुहुन्छ ।

प्रतिष्पर्धा र संघर्षको भिडमा छोटो समयमै आफुलाई अब्बल गायिकाको रुपमा स्थापित गराउन सफल सुनिता आफुलाई निकै भाग्यमानी मान्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ ‘म आफुलाई धेरै भाग्यमानी ठान्छु, मैले अन्य आदर्णिय अग्रज कलाकारहरुले जस्तै दुःख र संघर्ष गर्न परेन’ । भोलीका दिनमा दुख र संघर्ष गर्न परेपनि यो क्षेत्रमा नाम कमाउन र आफुलाई स्थापित गर्न जस्तोपनि दुःख र संघर्ष गर्न तयार रहेको उहाँ सुनाउनुहुन्छ ।

अग्रज सर्जकका गीत र चर्चित कलाकारसँग गीत गाइसक्नुभएको छ । सुनितालाई काठमाडौं आएपछि दोहोरी साँझमा गाउन पर्छ होला, धेरै दुःख र संघर्ष गर्नुपर्छ होला भन्ने लागेको थियो तर आउनासाथ पहिलो गीत गीतकार तथा सर्जक प्रल्हाद सुबेदीको शब्द र बसन्त थापाको संगीतमा गायक बिक्रम परियारसँग ‘आधा माया’ बोलको गीत गाउँने अवसर पाउनुभयो ।

त्यो गीत बजारमा आयो शब्द, संगीत र स्वरको तालमेल उत्कृष्ट भएकै कारण गीत निकै रुचाइयो र चर्चामा रह्यो ।

अनि खोजी र माग हुन थाल्यो गायिका सुनिताको । ‘आधा माया’ लाई उहाँले सफलताको खुड्किलो मान्नुहुन्छ । यो गीतपनि उहाँ व्यस्तता बढ्न थाल्यो । लगातार गीत रेकर्डिङ उहाँको दैनिकी बन्दै गयो । गाएका हरेक गीतमा आउने प्रतिक्रियामा पनि सुनितालाई बढि ‘मेन्सन’ आएका हुन्छन् उहाँको स्वरमा प्रशंसा भरिएर ।

मात्रै गीत–संगीतमा लाग्ने सोच बनाएर घरपरिवार सबैको साथ, सहयोग र प्रेरणा बोकेर काठमाडौं उहाँ गतवर्ष मात्रै आउनुभएको हो । यहाँ आइसकेपछि अग्रज कलाकार सबैको साथपनि मिलेपछि सुनितालाई काठमाडौंमा दुख पाएको महसुस नै भएन र गर्नपनि परेन । सुनिताले १ सय भन्दा धेरै गीतमा स्वर भरिसक्नुभएको छ ।

उहाँ भन्नुहुन्छ‘ मलाई कुलेन्द्र विक दाइसँग गीत गाउन ठुलो रहर थियो त्यो पनि पुरा भयो अस्तिमात्रै गाउने अवसर पाए अब छिट्टै बजारमा आउँछ’ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय