काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहले आज (शनिवारण्)धनगढीमा विरोध सभा गर्दैछ ।
प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्षमा रहेको उक्त समूहले आज नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सभा गर्न लागेको हो ।
विरोध सभालाई सम्बोधन गर्न अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल धनगढी जाँदैछन् ।
धनगढीस्थित पुरानो एयरपोर्ट मैदानमा दिउँसो १ बजे हुने विरोध
सभाको तयारी पूरा भएको नेता तारालामा तामाङले जानकारी दिनुभयो ।
यो पनि पढ्नुहोस् गुल्मी -नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र गुल्मील बिद्युत महशुल
नबुझाउने सदरमुकाम तम्घासका ४४ जना ग्राहकको लाइन काटेको छ । बिधुत प्राधिकरण बितरण केन्द्र गुल्मीका अनुसार बिधुत महशुल नबुझाउने ४४ जना
ग्राहकहरुको लाइन काटिएको र उनीहरुबाट पाँच लाख ९६ हजार ५५५ रुपैयाँ ५पैसा बक्यौता बुझाउनुपर्ने देखिन्छ ।
४४ जना ग्राहकहरुको लाइन काटिएपछि २७ जना ग्राहकहरुले बक्यौता भुक्तानी गरि लाइन जडानका लागि निबेदन दिएकाले जडान गरिएको नेपाल बिद्युत
प्राधिकरण बितरण केन्द्रका प्रमुख इश्वरकुमार श्रेष्ठले जानकारी दिए ।
२७ जना ग्राहकहरुबाट तीन लाख १२ हजार १९० रुपैयाँ ६९ पैसा असुल भएको आय फाँटले जनाएको छ ।
महशुल नबुझाएका ग्राहकहरुले महशुल बझाए पश्चात लाइन जोडिदिनका लागि निबेदन दिनुपर्ने र सोही अनुसारको प्रक्रियाबाट लाइन जोडिने कार्यालयले जनाएको छ ।
गुल्मीमा बिद्युत महशुल नबुझाउने ग्राहकहरुको लाइन काट्ने कार्यलाई अभियानकै रुपमा संचालन गर्ने कार्यालयले जनाएको छ ।