काठमाडौं । देश र जनताको हित र अधिकारका लागि जीवन त्या;ग गर्ने शहीदप्रति सम्मान गर्दै देशभर आज शहीद दिवस मनाइँदै छ ।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, नि;रङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रवि’रुद्ध प्रजातान्त्रिक क्रा,न्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको छ ।
वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाइएको हो ।
नि,रङ्कुश जहानियाँ राणा शासनवि;रूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदको स्मरणमा विभिन्न गैरसरकारी सड्घसंस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाइँदै आएको छ ।
देशका विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका सहिदको साहस र त्यागको पनि लेखाजोखा र उच्च मूल्याङ्कन गर्दै माघ १६ लाई शहीद दिवशको रुपमा मनाइएको हो ।
विसं १९९७ माघ १० गते नि’रङ्कुश राणा शासनवि;रुद्ध,मा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रा,न्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झु,न्डयाएर ह’त्या गरिएको थियो ।
यस्तै, सोही बर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झु.न्ड्याइए.को थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गो,ली हानी ह,त्या गरिएको थियो ।