गुल्मिमा जन्मदिनको अवसरमा अन्य खर्च कटाएर विद्यार्थीलाई दिवा खाजाको व्यवस्था

विष्णु प्रसाद आचार्य (चकित) मुसिकोट गुल्मी /नबखबर

गुल्मिको मुसिकोट नगरपालिका वडा नम्बर ७ काफलटोला निवासी समाजसेवी जीवन सापकोटाले आफ्नो जन्म दिनको अवसरमा विद्यार्थिहरुलाइ दिवा खाजाको व्यवस्था गर्नुभएको छ ।

मुसिकोटकै वडा नम्बर ७ को वामी काफलटोला स्थित श्री भगवती प्राथमिक विद्यालयका ४५ जना विद्यार्थिलाइ सापकोटाले खाजाको व्यवस्था गर्नुभएको विद्यालयका प्रधानाध्यापक तेजनारायण सापकोटाले नबखबरलाइ जानकारी दिनुभयो ।

माघ १५ गते बिहीबार परेको जीवन सापकोटाको जन्म दिनको अवसरमा उक्त एक दिनको लागि लाग्ने खर्च आफैले जिम्मा लिएर आफै सरिक भएर विद्यार्थिहरुलाइ पौस्टिक आहारको रुपमा राम्रो मानिने खाजा खुवाएको उहाले जानकारी दिनुभयो ।

पछिल्लो समयमा जन्म दिनको अवसरमा फजुल खर्च गर्ने र पश्चिमी सस्कृतिको सिको गर्ने प्रचलन बढेको भन्दै सापकोटाले सामाजिक भावनातर्फ डोहोर्याउन आफ्नो कदमले सहयोग पुराउने अपेक्षाले यस्तो काम गरेको र यस्तो कामले आफुलाइ निकै आनन्द आउने सापकोटाको भनाइ छ ।

सापकोटा उक्त भगवती प्राथमिक विद्यालयका पुर्व विद्यार्थी समेत हुनुहुन्छ अहिले उहाले स्वदेशमा नै केही गरौँ भन्ने भावनाका साथ व्यवसायिक कृषि पेशालाई अगाल्नुभएको छ।

दिवाखाजाको लागि प्रयोग गरिएका अधिकाम्श कृषि उपज सामाग्री उहाले आफै उत्पादन गरेका सामाग्री प्रयोग गरिएको उहाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय