गर्भमा भएको बच्चा नजन्मिदै एक महिला पुन: भइन्

एजेन्सी-पेटमा बच्चा हुँदा फेरि गर्भवती भएको कुरा विश्वास लाग्दैन, यो अपत्यारिलो जस्तै लाग्छ।

अमेरिकामा यस्तै एक अपत्यारिलो तथा दुर्लभ घटना भएको छ। अमेरिकामा एक महिलाको पेटमा दुई बच्चा हुँदा पनि फेरि गर्भवती भएकी छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार सामाजिक सञ्जाल टिकटकमा निकै चर्चित ती

महिलाले आफू सुत्केरी नभएरै फेरि गर्भवती भएको जानकारी टिकटकमार्फत दिएकी छन्। टिकटकमा सो भिडियो भाइरल बनेको जनाइएको छ।

उनले आफ्ना दुई बच्चाभन्दा तेस्रो बच्चा १०, ११ दिन कान्छो भएको बताएकी छन्।

उनले यो घटनालाई सुपर फटिशीन भन्दै आफ्ना तीन नै बच्चा स्वस्थ रहेको बताएकी छन्। चिकित्सकहरुले संसारमा यसप्रकारका घटना निकै कम हुने बताएका छन्।

ती महिलाले आफू पहिलो पटक गर्भवती भएको र सायद अन्तिम पटक गर्भवती हुने बताएकी छन्। उनले एकै पटक तीन बच्चालाई जन्म दिने छिन्।

यो पनि पढ्नुहोस्

यतिबेला हृदयरोगको जोखिम समेत बढ्छ । त्यसैगरी जाडो यामले कतिपयलाई डिप्रेसनको अवस्थामा पु¥याउन सक्छ ।

त्यसैले जाडो याममा हुने शारीरिक समस्याबारे थाहा हुन र त्यस सम्बन्धि आवश्यक सर्तकता अपनाउन जरुरी छ ।

हृदयघात हामी मध्ये धेरैलाई यो कुरा थाहा नहुन सक्छ कि जाडो मौसम हृदयघात हुने प्रमुख मौसम हो । जब तापक्रम घट्दै जान्छ रगत बग्ने धमनीहरुल संकुचित हुँदै जान्छन् । यसले मुटुलाई रगत पम्प गर्न गाह्रो हुन्छ ।

विशेषज्ञका अनुसार ३० वर्षभन्दा धेरै उमेरका मानिसहरुले चिसो मौसममा आफूलाई आवश्यकता भन्दा धेरै थकाउनु हुँदैन । चिसो बिहानमा घुम्नुको सट्टा थोरै घाम लागेको स्थानमा जानुहोस् ।

दमको आक्रमण

यदि तपाईं दमको रोगी हुनुहुन्छ भने तपाईंलाई जाडो समयमा दम धेरै बढ्छ भन्ने थाहा हुन सक्छ । यस्तोमा चिसो र सुख्खा हावाले वायुमार्गलाई कस्न थाल्छ र श्वासप्रश्वासलाई अझै खराब बनाउँछ ।

त्यसैले जाडोमा आफ्नो जीवनशैलीमा केही परिवर्तन गर्नु निश्चित रुपले सहायक हुन सक्छ । आफ्नो घरलाई धुम्रपान मुक्त राख्नुहोस् किनभने यसले दमको रोगीलाई धेरै गाह्रो बनाउँछ । साथै सातामा कम्तीमा पनि एकपटक आफ्नो ओछ्यान धुनुहोस् ।

छाला चिलाउने

चिसो समयमा मानिसहरुले सामना गर्ने सबैभन्दा आम समस्याहरुमा एक छाला चिलाउने पनि हो । चिसोमा कम आद्रताको कारण छाला चिलाउन थाल्छ ।

छाला चिलाउनबाट रोक्नको लागि तपाईंले छालामा बदाम, नरिवल वा जैतुनको तेलले मालिस गर्न सक्नुहुन्छ । त्यस्तै चिल्लो स्ट्रिट फूड खानबाट बँच्नुहोस् । छाला चिलाउने समस्याबाट मुक्त हुने सख्खरको चिया पनि पिउन सक्नुहुन्छ ।

जोर्नी दुख्ने

शीतकालिन मौसममा जोर्नीको दुखाईबाट धेरै मानिसहरु पिडित हुन्छन् । जोर्नीको दुखाईबाट राहत पाउनको लागि सबैभन्दा पहिले आफू र खुट्टालाई पनि न्यानो राख्नुपर्छ ।

त्यसैले एक जोर न्यानो कपडा लगाउनाको सट्टा दुई तीन जोर पातलो कपडा तीन जोर लगाउनुहोस् ।

चिसोको समयमा जोर्नीको दुखाई र मांसपेसीको दुखाईबाट बँच्नको लागि व्यायाम गर्नुपर्छ । जोर्नीको दुखाईबाट छुटकारा पाउने अर्को उपाय एकछिन भनेपनि घाम ताप्ने हो ।

साइनसाइटिस

टाउको दुख्ने, नाक बग्ने, रुघाखोकी आदि चिसोमा हुने आम समस्या हुन् । साइनससाइटिसको समस्या त्यतिखेर हुन्छ जब घर बन्द हुन्छ र कुनै उचित भेन्टिलेसन हुँदैन ।

यो मौसममा साइनसाइटिसबाट टाढा रहनको लागि तपार्इंले पर्याप्त मात्रामा आराम गर्नुपर्छ । त्यस्तै स्वस्थ भोजन गर्नुहोस्, चिसोबाट बँच्नुहोस् र धेरै तरलपदार्थ खानुहोस् । यसैगरी धुलोबाट पनि टाढै रहनुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय