नेपाल शिक्षक संघको वनभोजको मिति निर्धारण

विष्णु प्रसाद आचार्य ९चकित० र मुसिकोट गुल्मीरनबखबर

नेपाल शिक्षक सङ्घ मुसिकोट नगर समितिद्वारा माघ १७ गते शनिबारको लागि बनभोज कार्यक्रमको मिति तय गरिएको छ ।

गत पौष १८ गते बसेको शिक्षक संघको नगर समितिको बैठकले बाग्लुङको गल्कोट नगरपालिकाको हरिचौरको लागि बनभोज जाने भन्दै माघ ३ गते शनिबारको लागि मिति तय गरेको थियो ।

विशेष कारणले माघ ३ गतेको लागि स्थगित गरिएको र बनभोज आउदो माघ १७ गतेको लागि अर्को मिति तोकिएको संघका अध्यक्ष डिल्लिराज खरेलले नबखबरलाइ जानकारी दिनुभयो।

माघ १७ गते पहिले तोकिएको ठाउ हरिचौर नभई मुसिकोट नगरपालिका वाड न.७ स्थित इश्मालिथानमा बनभोजको लागि शिक्षक सङ्घमा आबद्द सबैलाइ उपस्थितिको लागि आग्रह समेत गर्नुभयो ।

पहिलेका वर्षहरुमा प्रतिनिधि सभा र बनभोज एकैचोटी एकै ठाउमा गर्ने गरेको र अहिलेबाट छुट्टाछुट्टै गर्ने प्रयास गरेपनी विशेष कारणले छुट्टाछुट्टै गर्न असम्भव भएकोले प्रतिनिधि सभा र बनभोज कार्यक्रम एकैदिन माघ १७ गते इश्मालिथानमा गर्न लागिएको उहाको भनाइ छ । इश्मालिथानमा बनभोजको आयोजना गरेपछी प्रतिनिधि सभा गर्न समेत सहज हुने छ ।

माघ १७ मा बनभोज सङ्गसङ्गै प्रतिनिधि सभा पनि हुने भएकोले शिक्षकका सदस्यता नविकरण, सदस्यता वितरण ,पिरमर्का, गुनासा,संघका आगामी योजना , अहिलेसम्मका कामको समीक्षा , कर्तव्यबोध , बर्तमान प्रतिकुल परिस्थितिमा कसरी सजग र शिक्षण गर्ने लगायतका विषयमा छलफल हुने पनि खरेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय