प्रचण्ड-माधव समूहले आज बुटवलमा विरोध सभा गर्दै

रूपन्देही । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत सत्तारुढ नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले आज बुटवलमा विरोध सभा गर्दैछ ।

नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा सभा गर्न लागिएको हो ।

दिउँसो १ बजे शुरु हुने विरोध सभालाई पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल लगायत नेताहरुले सम्बोधन गर्ने संघर्ष समितिका संयोजक ठाकुर गैरेले बताए ।

मौसम प्रतिकूल भएर विमानस्थलबाट उडान प्रभावित भएमा प्रचण्ड र नेपाल हेलिकोप्टरमार्फत बुटवल आउने प्रचार प्रमुख सिद्धिचरण भट्टराईले बताए ।

सभा शुरु हुनुअघि बुटवलको उत्तरतर्फ गोलपार्क, पश्चिमतर्फ जितगढी, पूर्व–दक्षिणतर्फ राजमार्ग चौराहाबाट जुलुस निस्कने छन् ।

सभामा साविक लुम्बिनी अञ्चलका ६ वटै र आसपासका जिल्लाबाट करिब २० हजार कार्यकर्ता सहभागी हुने आयोजकको दावी छ ।

गोलपार्कबाट हुने जुलुसको नेतृत्व केन्द्रीय सदस्य ठाकुर गैरे, बामदेव क्षेत्री, बसन्त घर्ती र पुरुषोत्तम घिमिरेले गर्नेछन् ।

राजमार्ग चौराहाको जुलुसको नेतृत्व पार्टी स्थायी समिति सदस्य घनश्याम भुसाल, घनश्याम यादव र नारायण जीसीले तथा जितगढी किल्लाबाट शुरु हुने जुलुसको नेतृत्व स्थायी समिति सदस्य चक्रपाणी खनाल (बलदेव), ओनसरी घर्ती र राजु गुरुङले गर्ने छन् ।

जुलुसका सहभागीलाई तोकिएका नाराहरु मात्र लगाउन निर्देशन दिइएको सो समूहका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले बताए ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक र प्रतिगामी कदम भएकाले यसविरुद्ध आयोजित सभामा हरेक वर्ग, तह र तप्काबाट सहभागी हुन सो समूहले विज्ञप्ति निकालेर आह्वान समेत गरेको छ ।

यो पनि पढ्कानुहोस्ठ

माडौं । नेपालमा कोभिड खोप अभियानको पहिलो दिन ९ हजार भन्दा धेरैले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो दिन देशभरका विभिन्न जिल्लामा ९ हजार ८४ जनाले खोप लगाएको जानकारी दिएको छ । सबैभन्दा धेरै बागमती प्रदेशमा २६ सय ९४ जना तथा सबैभन्दा कम प्रदेश २ मा ७ सय २६ जनाले खोप लगाएका छन् ।

यस्तै प्रदेश १ मा १२ सय ५५, गण्डकी प्रदेशमा १८ सय ३४, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सुदूरपश्चिम प्रदेशमा १ हजार ८२ जनालाई कोभिड खोप लगाइएको छ ।

यसरी खोप लगाइएका व्यक्तिमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ । सबैभन्दा पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर सागरराज राजभण्डारीले लगाउनुभएको थियो ।

उहाँसँगै दोस्रो नम्बरमा डा. अनुप बाँस्तोलाले खोप लगाउनुभयो । चिकित्सकहरुले कोरोना खोपबारे नराकारात्मक धारणालाई चिर्न सुरुमै आफूहरुले खोप लगाएको बताएका छन् ।

डाक्टर बाँस्तोताले ‘खोप लगाएपछि मरिन्छ’ भन्ने भ्रम हटाउन आवश्यक रहेको बताउनुभयो । उहाँले खोप लगाउन सुरु भएसँगै नेपालमा कोरोनाविरुद्धको नयाँ युग सुरु भएको बताउनुभयो ।

बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुभारम्भ गर्नुभएको थियो । सो अवसमा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप निशुल्क लगाइ सक्ने दाबी गर्नुभयो ।

विकसित तथा धनी मुलुकहरुले पनि कोरोनाविरुद्धको खोप प्राप्तिका लागि संघर्ष गरिरहेका बेला नेपाल जस्तो गरिब मुलुकका प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिने दाबी गर्नुभयो ।

तर प्रधानमन्त्री ओलीको यो दाबी झुटो र अव्यवहारिक रहेको भन्दै विज्ञहरुले आलोचना गरेका छन् ।

कोरोना खोप खरिदका लागि कसैसँग प्रस्ताव नै नगरेको मुलुकको प्रधानमन्त्रीले देशका तीन करोड नागरिकलाई तीन महिनामै खोप लगाउन सकिने दाबी गर्न नसुहाउने भन्दै सामाजिक सञ्जालमा पनि ओलीको आलोचना भइरहेको छ ।

जनस्वास्थ्य विज्ञ डा। बाबुराम मरासिनीले पनि प्रधानमन्त्रीको दाबी अव्यवहारिक रहेको बताउनुभयो ।

भारत सरकारले नेपाललाई अघिल्लो साता अनुदानमा दिएको १० लाख कोभिशील्ड खोप पहिलो चरणमा आजदेखि वितरण सुरु भएको हो । अहिले पहिलो मात्रा खोप लिएका व्यक्तिहरूले चार हप्तापछि दोस्रो मात्रा खोप लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर