नेकपा प्रचण्ड-माधव समूहद्वारा माइतीघरमा धर्ना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघरमा धर्ना दिएको छ ।

उक्त समूहका विघटित प्रतिनिधि सभा सदस्य, संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्यहरूले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेका हुन्।

नेकपा प्रचण्ड–माधव पक्षकी स्थायी कमिटी सदस्य तथा विघटित प्रतिनिधि सभा सदस्य पम्फा भुसालले असंवैधानिक रूपमा संसद विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउनको निम्ति धर्ना बसेको बताउनुभयो ।

विघटित प्रतिनिधिसभाका सदस्य हरिबोल गजुरेलले जनताले आफ्नो प्रतिनिधिमार्फत बनाएको संविधानमाथि हस्तक्षेप भएको हुँदा आमजनता धर्नामा बस्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाको निम्ति धर्ना बसेको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल नेपाल समूहले तेस्रो चरणको आन्दोलन अन्तर्गत आज (बुधबार) माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ ।

प्रतिनिधि सभा विधटनको विरुद्ध आन्दोलन गरिरहेको सो समूहले माइतीघर मण्डलामा बिहान ११ बजे देखि धर्ना सुरु गर्ने भएको हो । आज देखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिने नेताहरुले जानकारी दिएका छन ।

धर्नामा तत्कालिन संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यलगायत सहभागी हुने दाहाल–नेपाल समूहले जनाएको छ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आदिवासी जनजाति महासंघको राष्ट्रिय भेला आयोजना गरेको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा काठमाडौ स्थीत राष्ट्रिय सभागृहमा १२: ३० बजेपछि भेला हुने जनाइएको छ ।

भेला अघि ललितपुरको झम्सिखेलमा १२ बजे भेला भएर मोटरसाइकल ¥याली पनि निकालिने भएको छ ।

नेकपामा तेस्रो पक्षका रुपमा रहेको उपाध्यक्ष बामदेव गौतम नेतृत्वको समूहले पनि आज छुट्टै कार्यक्रमको आयोजना गरेको छ ।

पार्टी एकता राष्ट्रिय अभियानका संयोजक समेत रहनु भएका गौतमले आज पार्टी एकता राष्ट्रिय अभियानको घोषणा सभा गर्न लाग्नु भएको हो ।

घोषणा सभा सिद्धार्थ कटेज पार्टी प्यालेस धोविघाट, ललितपुरमा विहान ११ बजेपछि हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय