काठमाडौं । संसद विघटनको मुद्दामा सर्वोच्च अदालतमा बुधबार पनि बहस भइरहेको छ ।
बुधबार बहस गर्न आएका वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौलाले संसद विघटन सदर भएमा प्रतिनिधिसभाको कार्यकाल २ वर्षमा सीमित हुने बताएका छन् ।
संविधानमा २ वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राख्न नपाइने व्यवस्था रहेको उल्लेख गर्नु भयो ।
उनले त्यसपछि प्रधानमन्त्रीले संसद विघटन गर्ने नजीर बस्ने बताएका हुन् ।
‘संसद पुन:स्थापना भएन भने प्रतिनिधिसभाको कार्यकाल लेख्न ५ वर्ष लेखे पनि २ वर्षको हुन्छ’ संग्रौलाले भने ।
संसद विघटनलाई अदालतले सदर गरेमा यसपछिका प्रधनमन्त्रीहरुले पनि २ वर्षपछि संसद विघटन गर्ने उनको भनाइ थियो ।
‘हामीले आवधिक निर्वाचनलाई मानेका छौं, मध्यावधि निर्वाचनलाई मानेका छैनौं, आवधिक निर्वाचन ५–५ वर्षमा हुन्छ’ उनले भने ।
यो पनि पढ्नुहोस्
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल नेपाल समूहले तेस्रो चरणको आन्दोलन अन्तर्गत आज (बुधबार) माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ ।
प्रतिनिधि सभा विधटनको विरुद्ध आन्दोलन गरिरहेको सो समूहले माइतीघर मण्डलामा बिहान ११ बजे देखि धर्ना सुरु गर्ने भएको हो । आज देखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिने नेताहरुले जानकारी दिएका छन ।
धर्नामा तत्कालिन संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यलगायत सहभागी हुने दाहाल–नेपाल समूहले जनाएको छ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आदिवासी जनजाति महासंघको राष्ट्रिय भेला आयोजना गरेको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा काठमाडौ स्थीत राष्ट्रिय सभागृहमा १२: ३० बजेपछि भेला हुने जनाइएको छ ।
भेला अघि ललितपुरको झम्सिखेलमा १२ बजे भेला भएर मोटरसाइकल ¥याली पनि निकालिने भएको छ ।
नेकपामा तेस्रो पक्षका रुपमा रहेको उपाध्यक्ष बामदेव गौतम नेतृत्वको समूहले पनि आज छुट्टै कार्यक्रमको आयोजना गरेको छ ।
पार्टी एकता राष्ट्रिय अभियानका संयोजक समेत रहनु भएका गौतमले आज पार्टी एकता राष्ट्रिय अभियानको घोषणा सभा गर्न लाग्नु भएको हो ।
घोषणा सभा सिद्धार्थ कटेज पार्टी प्यालेस धोविघाट, ललितपुरमा विहान ११ बजेपछि हुने जनाइएको छ ।