तीन महिना भित्र सबै जनतालाइ निशुल्क खोपः प्रधानमन्त्री ओली

काठमाडाैँ- प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाको खोप उपलब्ध गराउने बताएका छन्।

कोरोना विरुद्धको खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्रीले सबै नेपालीहरुलाई खोप उपलब्ध गराउने बताए।‘कुनै भेदभाव विना सबै नेपालीलाई खोप लगाइन्छ।’

उनले भने ‘मेरो विचारमा तीन महिना लाग्न सक्छजस्तो लाग्छ ।’खोप उपलब्ध गराएकोमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिए।

उनले थप खोप ल्याउन पनि पहल भइरहेको जानकारी दिए। कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाउन सुरु गरिएको छ।

यो पनि पढ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस विरुद्धको खोपको अभियान शुभारम्भ गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट देशभरका खोप केन्द्रमा एकसाथ शुभारम्भ गरेका हुन् ।

उक्त भर्चुअल शुभारम्भ बुधबार नै शुरु भएका १२० केन्द्रमा देखाइएको थियो ।पहिलो दिन नै १२ हजार जनालाई खोप लगाइने पनि जनाइएको छ ।

पहिलो खोप भने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा । सागर राजभण्डारीले लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर