प्रत्यक तानाशाहको नियत यस्तै हो अन्तिम घडिमा ओलीले झै जनतामाथि दमनमा उत्रन्छन् : वरिष्ठ नेता पौडेल

प्रत्यक तानाशाहको नियत यस्तै हो अन्तिम घडिमा ओलीले झै जनतामाथि दमनमा उत्रन्छन् : वरिष्ठ नेता पौडेल

काठमाडौँ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ती र सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार र्निलज्ज रुपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै वरिष्ठ नेता पौडेलले हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्ने तम्सिए झै नै तम्सिने बताएका छन् ।

उनले सवै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि पनि आफ्नो अन्तिम घडिमा सोमवार प्रवुद्ध नागरिकमाथि प्रहार गरे झै दमनमा उत्रने गरेको इतिहाँस रहेको उल्लेख गरेका छन् ।

वरिष्ठ नेता पौडेलले प्रतिगामी र तानाशाहले गर्ने दमनले नागरिकलाई प्रतिमनसंग डटेर लड्नका लागि थप उर्जा प्रदान गर्ने बताएका छन् ।

उनले प्रतिगमन विरुद्धका सवै आन्दोलनमा मेरो साथ र सर्मथन रहने पनि उल्लेख गरेका छन् । साथै लोकतन्त्र र लोकतान्त्रीक संविधानको रक्षाका लागि हुने आन्दोलनमा उनले आफै अघिल्लो मोर्चामा हुने पनि बताएका छन् ।

यो पनि पढ्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित बनेको नेकपाका एक चर्चित पात्र हुन् वामदेव गौतम ।

अधिकांश नेताले प्रचण्ड माधव समूह र ओली समूहमध्ये एक पक्षमा जाने भनी कित्ता क्लिएर गरिसकेको अवस्थामा वामदेव गौतमले भने नेकपा फुट्न नदिने भन्दै एकता अभियान चलाउँदै छन् । जसको शुभारम्भ बुधबार (भोली १४ गते) गरिदैछ ।

यस अघि राष्ट्रिय सभाको हिउँदे अधिवेशनमा पहिलो पटक बोल्दै उनले नेकपा विभाजनले निकै ठूलो चोट पुगेको भन्दै एकता अभियान चलाउने बताएका थिए । त्यसपछि उनले आफ्नो अभियानमा जोडिन सबैलाई आह्वान समेत गर्दै आएका छन् ।

राजनीतिक तथा व्यवहारिक रुपमा विभाजित तर कानुनी रुपमा मान्यता पाइनसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई फुट्न नदिने अभियानमा लागेका गौतमले बेलाबखत आफुलाई जुन पक्षले अध्यक्ष दिन्छ त्यही समूहमा समाहित हुने पनि बताउने गरेका छन् ।

उनको यसप्रकारको भनाइलाई कतिपयले एकता गर्नेभन्दा पनि पार्टी अध्यक्ष खाने लोभ भएको संज्ञा दिएका छन् । नेकपा एक हुने सम्भावना एकदम कम रहेको बताउँदै एक नेताले ज्योतिन्यूजसंग भने, ‘वामदेवजीको अभियान भनेको चर्चामा आउने र अध्यक्ष हुने इच्छा मात्र हो, अन्तिममा उहाँ ओली समूहमै जानुहुन्छ र पूर्वएमाले ब्यूँताउने अभियानमा लाग्नुहुन्छ ।’

निर्वाचन आयोगको पछिल्लो निर्णय पनि सोही योजनालाई बल पु¥याउने गरी आएको नेकपा प्रचण्ड माधव समूहका नेताहरूको बुझाइ रहेको पाइन्छ ।

उनीहरु भन्छन्– “निर्वाचन आयोगले अस्ति जे निर्णय ग¥यो त्यो निर्वाचन आयोगकै वर्खिलाभ छ, उसलाई शंका लागेमा निर्वाचन आयोगमा दल दर्ता हुँदाका वखत हस्ताक्षर गरेका बहुमत सदस्यको आधिकारिक हस्ताक्षर सहित उपस्थित हुन दुबै समूहलाई पत्राचार गर्नुपर्ने हो । तर त्यो गरिएन, किनभने केन्द्रीय समितिमा ओली समूहको ४० प्रतिशत पनि पुग्ने अवस्था छैन ।”

उनले गौतमको अभिष्ठ ओली पक्षमै रहने देखिएको भन्दै अघोषित रुपमा ओलीपक्षमा केन्द्रीय समिति बढाउने अभियानमा मात्र लागेको बताए । साथै अव बामदेव गौतम पार्टी एकताको अभियान चलाउने भन्दापनि जनताको बहुदलीय जनवादको पक्षमा वकालत गर्दै हिड्ने र सम्भव भएसम्म प्रचण्ड–माधव समूहलाई जवज विरोधी देखाउने कसरतमा लाग्ने बताए ।

अब संसद् विघटन भएको अवस्थामा पार्टी विभाजन गर्न ४० प्रतिशत सांसद् हुनुपर्ने बाध्यता नभएसँगै पार्टी फुटाउन केन्द्रीय समितिको ४० प्रतिशत पुर्याउनुपर्ने बाध्यता ओली समूहलाई छ । हाल ओलीसंग एक तिहाइ मात्र केन्द्रीय सदस्यहरु छन् । उक्त संख्यालाई बढाएर ४० प्रतिशत पुर्याउने र पूर्व एमाले ब्यूँताउने अभियान गौतमले चालेको देखिएको छ ।

साबिक नेकपाको उपाध्यक्ष रहेका गौतम पार्टी विभाजनपछि दुवै समूहमा लागेका छैनन् । बुधवार धोविघाटबाट औपचारिक रुपमा घोषणा हुने एकता अभियानको संयोजकमा गौतम रहने छन् भने सहसंयोजक गौतम निकट पुर्व कृषीमन्त्री हरि पराजुली बन्ने भएका छन् । त्यस्तै पार्टी एकता राष्ट्रिय अभियानको सचिव बाबुराम थापा रहने बताइएको छ ।

अभियानमा सहसचिव र कोषाध्यक्ष पनि रहनेछन् ।

५१ केन्द्रीय सदस्य र १७५ कार्यसम्पादन समिति घोषणा गरिने जानकारी दिदै गौतमले दुवै पक्षका ठूला नेताको साथ आफूलाई नभए पनि साना नेताले भने आफुलाई साथ दिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय