काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले नागरिक आन्दोलनमा दमन गर्नु ‘ओलीतन्त्र’ अन्त्यको संकेत भएको बताउनुभएको छ ।
सोमबार बालुवाटारमा नागरिक आन्दोलनका अगुवामाथि निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले दमन गरेपछि थापाले यस्तो बताउनुभएको हो ।
पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्दै आन्दोलनमा उत्रिएको नागरिक अगुवाहरुको समूहमाथि प्रहरीले लाठी र पानीको फोहरा हानेर दमन गरेको हो ।
कमल पोखरीको माटोको टीको लगाएर मार्च गर्दै बालुवाटारस्थित निषेधित क्षेत्रमा पुगेका नागरिक अगुवामाथिको दमनले सरकारको तीव्र आलोचना भइरहेको छ ।
यस्तोमा नेता थापाले पनि ओलीको अन्त्यको समय आएको बताउनुभएको हो । ‘नागरिकको आन्दोलनमाथिको दमन र गिरफ्तारी ओलीतन्त्रको अन्त्य हुनु अघिको फटफट्याइँ हो’, उहाँले भन्नुभएको छ, ‘तानाशाहहरू ढल्नुअघि नागरिकलाई यसरी नै हेप्छन्, अनि आफैँ सकिन्छन् ।’
यो पनि पढ्नुहोस्
काठमाडौँ नेकपा प्रचण्ड-माधव समूहले तेस्रो चरण आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
नेकपा प्रचण्ड-माधव समूहको संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गर्दै माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
संघर्ष समितिले माघ १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा
धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्याली , २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायत छन् ।
आन्दोलनका कार्यक्रमबारे आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यो पानि पादहनुहोस प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि आठौं दिनको बहस सर्वोच्च अदालतमा जारी छ।
सोमबारको बहसको क्रममा रिट निवेदक देव गुरुङका तर्फबाट अधिवक्ता मेघराज पोखरेलले ५ वर्ष सरकार चलाउन नसके प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने बताउनुभयो ।
‘चलाउन सके ५ वर्ष चलाउने हो, नसके पदबाट हट्नु्पर्छ,’ उहाँले भन्नुभयो, ‘संसद चलाउँदिन भने राजीनामा दिने हो, विघटनको अधिकार हुँदैन,’ ।
अधिवक्ता पोखरेलले राजनीतिक स्थायीत्वका लागि नै विगतमा प्रधानमन्त्रीलाई दिइएको
संसद विघटनको अधिकार झिकिएको र अविश्वासको प्रस्ताव पनि २ वर्षसम्म राख्न नपाउने व्यवस्था गरिएको बता्उनुभयो। उहाँले हुँदै नभएको शक्ति छ भन्नु संविधानमाथिको बदनियत भएको पनि इजलासमा बताउनुभयो ।