महिनावारीमा यौ’नसम्पर्क राख्नु कति ठिक कति बेठिक ?

काठमाडौं : धेरै महिला पुरुषहरुमा महिनावारी भएको बेला ९सेक्स०यौन सम्पर्क गर्न मिल्छ कि मिल्दैन भन्ने बारेमा जिज्ञासा रहने गरेको छ ।

तर यसका बारेमा वैज्ञानिकहरुले भने फरक धारणा सार्वजनिक गरेका छन् । उनीहरुले गरेको अधययन अनुसार महिनावारीको बेलामा यौन सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ । कन्डम लगाएर यौन सम्पर्क गरेमा संक्रमणबाट बच्न सकिन्छ ।

उनीहरुले भनेका छन् । यो व्यक्तिगत इच्छामा पनि भर पर्ने कुरा हो । कसैलाई महिनावारी भएको बेला सम्भोग गर्ने मन हुन्छ भने कसैलाई हुँदैन ।

तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन, परम्परागत भाषामा नछुने भएको सम्म भनिन्छ ।

महिनावारी भएका बेला यौन सम्पर्क गर्न नहुने भन्ने कुनै बैज्ञानिक तथ्य भने छैन ।

महिनावारीको बेला सम्पर्क गर्दा महिलालाई फाइदा हुन्छ । यस्तो बेलामा सम्भोग गर्दा निस्कने हर्मोनले महिनावारीको दुखाइ कम गर्छ । धेरै महिलाले अरू बेलाभन्दा महिनावारी भएको बेला सम्पर्क गर्दा बढी आनन्द लिने गर्छन् ।

यति हुँदाहुँदै पनि असुरक्षित सम्पर्क गरेमा यौन रोग लाग्ने मात्र होइन, गर्भवती हुनसक्ने खतरा समेत रहन्छ । यसकारण महिनावारी भएको बेला ध्यान दिनु जरुरी हुन्छ ।

महिनावारी शुरु हुँदा, प्रोजेस्ट्रोन भन्ने होर्मोनेले गर्दा पाठेघरमा कन्ट्रयाक्सन शुरु गराउँछ जसले गर्दा पाठेघरबाट रगतसहित अरु पदार्थहरू महिनावारीको रूपमा बाहिर निस्कछ ।

महिनावारीको बेला सम्पर्क गर्दा, चरमसुखको बेला पाठेघरमा कन्ट्रयाक्सन हुन्छ, जसले गर्दा, सम्भोगपछि अरु पदार्थसहित रगत अलि बढी बग्नसक्छ ।

र महिनावारीको समयावधिलाई पनि कम गर्छ । महिनावारी हुँदा सुरक्षित तरिकाले यौन सम्पर्क गर्दा कुनै हानी नहुने चिकित्सको भनाई छ ।

नियमित सेक्स गर्नुको यस्ता छन् फाईदा !

हाम्रो समाजमा यौनका कुरा गर्न त्यति सहज छैन । र पनि यो धुर्व सत्यनै भन्नु पर्छ यौन सवै मानिसको लागि प्राय आवश्यक छ ।

मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर धेरैलाई थाहा नहुन सक्छ यौन सम्पर्क गर्दा विभिन्न रोगबाट समेत मुक्ति पाइन्छ अर्थात् फाइदा हुन्छ ।

आफ्नो आवश्यकता अनुसार नियमित वा हप्तामा २–३ पटक सेक्स गर्दा विभिन्न रोगहरुका लागि फाइदाजनक हुने बिभिन्न अनुसन्धानहरुले देखाएका छन् । हामीले यस बिषयमा छोटकरीमा चर्चा गरेका छौं ।

टाउको दुख्नेः नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम सेक्स गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको थियो ।

ब्लड प्रेशरः यसैगरी उच्च रक्तचापका विरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ ।

प्रोस्टेट क्यान्सरः नियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको दाबी छ ।

हृदयघातबाट कम खतराः नियमित सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका संतुलन बनि राख्ने हुँदा हृदयघातको कम हुने चिकित्सकहरु बताउँछन् ।

मोटोपनः मोटोपनको समस्यामा परेकाहरुलाई पनि नियमित सेक्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय