विष्णु प्रसाद आचार्य (चकित) /मुसिकोट गुल्मी /नबखबर
८१ जना सदस्य भएको नेकपा मुसिकोट नगर कमिटिमा १० जनाले हल्ला गर्दैमा मुसिकोट नगरपालिका ओलिमय नहुने नेकपा मुसिकोटका नगर सचिव अग्निधर लोहनिले दाबी गर्नुभएको छ
मुसिकोटमा कतिपय नेकपा समर्थक साथिहरुले मुसिकोट नगरपालिका साथैदेश नै ओलिमय भएको प्रचारवाजी
गरेपनी वास्तविकता अर्कौ रहेको बताउनुभयो
आफू मुसिकोट नगरपालिकाको नेकपाको नगर सचिव भएपनी कुनै गुटउपगुटको पक्षपोषण नगरेको उहाको भनाइ छ ।
कतिपय साथिहरुले निकै मिहिनेत गरेर मुसिकोटलाइ ओलिमय बनाउनको लागि रस्साकस्सी गरेपनी तात्विक अर्थ नरहेको उहाले दाबी गर्नुभयो ।
मुसिकोटमा कृयाशिल नेकपाका साथिहरुले हामी सबै एकै एकै ठाउमा बस्नुपर्छ भन्ने तर गुटगत भेला र कार्यक्रमको आयोजना गर्ने गरेकोले सच्चा कार्यकर्ता अलमलमा परेको उहाको भनाइ छ ।
गाउगाउमा नेकपाप्रती झुकाव राख्ने सच्चा कम्युनिस्टको मनमा पार्टीको पछिल्लो गतिविधिले मन दुखाएको
गुनासो आफुहरुसामु आउने गरेकोले सत्य कुराको निर्णय सहि समयमा लिनको लागि आफुले आग्रह गरेको लोहनिले बताउनुभयो ।
त्यस्तै नेपालका प्रधानमन्त्री केपि शर्मा ओलिले सनकका भरमा सम्सद विघटन गरेको सचिव लोहनीले बताउनुभएको छ ।
नबखबरसङ्ग कुराकानी गर्दै लोहनिले दुई तिहाइ सहितको जनमतको कदर गर्न नसकेको र व्याक्तिगत सनकको भरमा केपि ओलिले संसद विघटन गरि सम्विधानको अपहरण गरेको बताउनुभयो ।
केपि शर्मा ओलिले पार्टिकी नियम नमानेको, बहुमतको निर्णय नमान्ने र सम्विधानलाइ समेत नमानेर कुल्चेर हिडेकोले उहाको गलत कदमको आफुले विरोध गरेको उहाको दाबी रहेको छ ।
नेकपाले बिगतको इतिहासदेखि नै जुट र फुटको परिस्थिति सामना गर्नुपरेकोले अन्ततः सम्सद विघटन अबैधानिक सिद्द हुने र सत्य कुराको विजय हुनेमा आफू विश्वस्त रहेको उहाले दाबी गर्नुभयो ।
आफू यससघि महाकाली सन्धिको विपक्षमा रहेर वामदेव गौतमको पक्षमा उभिएपनी अन्ततः त्यो विभाजनले पदिय लाभ भन्दा अरु केही नभएको सिद्ध भएपछी पुन नेकपा एमालेमा सामेल भएकोले अहिले पनि आफुहरु संविधान बमोजिमको कार्य नभएकोले केपि ओलिलाइ साथ दिन नसकेको उद्घोष गर्नुभयो ।
राजनितीक यात्रामा बर्तमान नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आफ्नो राजनितिक गुरु भएको र उहासङ्ग धेरै कार्यक्रम सफल बनाएको स्मरण गर्नुभयो
तर अहिलेको परिस्थितिमा ज्ञवालीले गलत काम गर्नेलाइ समर्थन गरेकोले उहालाई साथ दिन नसकिएको उहाको भनाइ छ ।