आईतबारदेखि किशोरीहरुलाई आईरन चक्की र जुकाको औषधी खुवाउन सुरु !

सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिकाले आईतबारदेखि किशोरीहरुलाई आईरन चक्की खुवाउन सुरु गरेको छ ।

किशोरीहरुको स्वास्थ्यमा ध्यान दिँदै पोषणको दिगो विकास लक्ष्य हासिल गर्न किशोरीहरुलाई आईरन चक्की खुवाउन थालिएको नगरपालिकाले जनाएको छ ।

प्रजनन उमेरका किशोरीहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर रक्तअल्पता सहित अन्य विभिन्न रोगबाट बच्न आईतबारदेखि नगरपालिका भित्र रहेका सम्पूणर् किशोरीहरुलाई आईरन चक्की सगैं जुकाको औषधि खुवाउन सुरु गरिएको नगरपालिकाका स्वास्थ्यं सयोंजक डिबी जिसीले जानकारी दिनुभयो ।

१० देखि १९ वर्ष उमेर समुहका किशोरीहरुलाई आईरन चक्की खुवाउन विद्यालय र स्वास्थ्यकर्मीहरुलाई जिम्मा दिईएको उहाँले बताउनुभयो । जसअन्तर्गत विद्यालयमा अध्ययनरत किशोरीहरुलाई विद्यालयबाटै र विद्यालय भन्दा बाहिर रहेका किशोरीहरुलाई स्वास्थ्य स्वयंसेविकाहरुको पहलमा आईरन चक्की खुवाउन सुरु गरिएको बताईएको छ ।

शुक्रवार नगरपालिका अन्तर्गत रहेका विद्यालयका प्रधानाध्यापक र स्वास्थ्य चौकीका प्रमुखहरुलाई प्रशिक्षण समेत दिईएको थियो । आईतबार नगरपालिकाका ९ वटै वडामा २७ वटा सामुदायिक तथा संस्थागत विद्यालयका झण्डै १ हजार ९ सय ५० जना किशोरीहरुलाई एकैसाथ आईरन चक्की र जुकाको औषधी खुवाईएको छ ।

केन्द्रीय सरकारको आर्थिक सहयोग र मुसिकोट नगरपालिकाको समन्वयमा आइरन चक्की खुवाउन थालिएको हो । किशोरीहरु १० देखी १९ वर्ष भित्र रजस्वला हुने र त्यस बखत बढी रगत बग्ने हुँदा रक्तअल्पता नहोस भनेर आइरन चक्की खुवाउन लागिएको स्वास्थ्य सयोंजक जिसीले जानकारी दिनुभयो ।

उक्त आईरन चक्की पहिलो १३ हप्तामा १३ दिन १ १ वटा क्याप्सुल खुवाईने र फेरी १३ हप्ता ग्याप गरी सोही मात्रामा क्याप्सुल खुवाईने जानकारी दिनुभयो । यस कार्यक्रमले बाल मृत्युदर र नवजात शिशु मृत्युदर कम गर्न समेत महत्वपूणर् भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई आईरन चक्की खुवाई नगरपालिका भर आईरन चक्की खुवाउने कार्यको सुरुवात गरिएको हो । उक्त कार्यक्रममा मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटा, प्रशाशकीय अधिकृत खिमानन्द भुषाल,स्वास्थ्य शाखा प्रमुख डिबी जिसी विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुदर्शन शाक्य, प्रधानाध्यापक देविराम शर्मा लगायत विद्यालयका शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

यसैबीच मालिकामा गाउँपालिकामा पनि आईतबार देखि आईरन चक्की खुवाउन सुरु गरिएको छ । सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा गाउँपालिका अन्तर्गत रहेका उक्त समुहका किशोरीहरुले अध्ययन गर्ने १७ वटा विद्यालयमा आईरन चक्की खुवाईएको छ ।

जनप्रतिनिधि, विद्यालयका शिक्षक र विद्यार्थीहरुको उपस्थितिमा किशोरीहरुलाई आईरन चक्की खुवाईएको एकीकृत ग्रामिण विकास समाजद्धारा सञ्चालित सुआहारा कार्यक्रमका पालिका स्तरीय पोषण सहजकर्ता भिम बहादुर विष्टले जानकारी दिनुभयो । किशोरीहरुको स्वास्थ्य अवस्था राम्रो भए जीवन चक्र पनि राम्रो हुने भएकाले सुआहाराले यस्तो कार्यक्रमको अवधारणा लिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय