प्रधानमन्त्री ओलीलाई पार्टीभित्रै बाट असहयोग भएकोले यो अवस्था आयो- प्रदीप ज्ञवाली

रामकृस्ण कंडेल,वामीटक्सार परराष्ट्र मन्त्रि प्रदिप ज्ञवालिले प्रधानमन्त्री के पी शर्मा ओली लाई पार्टी भित्रै बाट असहयोग भएको बताउनुभएको छ ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्रि केपी शर्मा ओलीलाइ पार्टीभित्र बाट नै असहयोग भएकोले यो पछिल्लो स्थिति श्रृजना भएको दाबि उहाले गर्नु भयो।

बोल्ने क्रममा नेपाल सरकारका पररास्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले नेकपाको पछिल्लो राजनितिक घटनाक्रमको बारेमा समिक्षा गर्दै सबै पार्टी कार्यकर्ता हरू लाई कुनै दिन घुम्तिमा भेट हुने हिसाबले ब्यबहार गर्न आग्रह गर्नु भएको छ।

कुनै सैध्दान्तिक बिमतीको कारण नभई पार्टीको सचिबालयमा रहनु भएका केही नेता हरूको अधैर्यताको कारण नेकपामा अप्ठारो परिस्थिति श्रृजना भएको बताउनुभयो

पार्टी प्रबक्ता समेत रहनु भएका मन्त्री ज्ञवालीले सम्बृध्दीको सपना साकार पार्ने उध्देश्यका साथ अगाडि बढिरहनु भएका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओली लाई पार्टी भित्रै बाट असहयोग भएकोले यो स्थिति श्रृजना भएको दाबि गर्नु भयो।

नेपाल कम्युनिस्ट पार्टी नेकपा मुसिकोट नगर कमिटी अन्तर्गत वडानं ७ को वडा कमिटीले पार्टीका नगरकमिटी सदस्य हरिहर सापकोटा तथा समाजसेबि लेखनाथ सापकोटाका पुज्यनिय वुवा तथा यस क्षेत्रकै जेस्ठ नागरिक स्वर्गीय मणिरत्न सापकोटाको संझनामा वामीटक्सारमा आयोजित शोक सभा लाई संबोधन गर्ने क्रममा मन्त्री ज्ञवालीले उक्त बिचार प्रस्तुत गर्नु भएको हो।

मन्त्री ज्ञवालीले भन्नुभयोस्’जे भयो दुखद भयो’

स्वर्गीय सापकोटाको ९८ बर्षको उमेरमा भएको निधनको खवरले आफु निकै दुखित भएको भन्दै पार्टी प्रबक्ता ज्ञवालीले शोकको यस घडिमा धैर्य रहन शोकाकुल परिवारजन हरू संग बिशेष आग्रह गर्नु भएको थियो।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य बालसिड० काऊछा,लुम्बिनी प्रदेश सभासद खड़क के सी,मुसिकोट नगरप्रमुख शोभनाथ सापकोटा,पररास्ट्र मन्त्रीका स्वकिय सचिब जंग नेपाली,नगरकमिटी अध्यक्ष खुमबहादुर थापा,

त्यस्तै अनेरास्वबियुका केन्द्रिय सदस्य कॉशी पान्डेय,युवा संघका जिल्ला अध्यक्ष मोहन प्रसाद पान्डे,अनेरास्वबियु सम्मेलन आयोजक कमिटी,गुल्मी संयोजक बिमल छन्तेल,वामी सेवा समिति जापानका पुर्ब अध्यक्ष शुरेस के सी,लगायतका नेता हरूको बिशेष उपस्थिति रहेको थियो।

कार्यक्रम नगरकमिटी सदस्य प्रकास काफ्लेको सन्चालन,वडा कमिटी अध्यक्ष गोपीकृष्ण खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय