संसद बिघठन वलिको असंबैधानिक र अव्यावहारिक कदम हो- सचिव घिमिरे

नेपाली कांग्रेस मुसिकोट नगर कार्य समितिका सचिव मोहन घिमिरेले बर्तमान प्रधानमन्त्रीको कदम असंबैधानिक भएको बताउनु भएको छ।

बिरोध सभाको समारोहलाई सम्बोधन गर्दै सोहि प्रसंगमा बोल्दै उहाले प्रधानमन्त्रीको कदम असंबैधानिक मात्र नभएर अव्याबहारिक समेत भएको बताउनु भएको छ।

मुसिकोट नगर पालिका वडा न ४ ले आयोजना गरेको बिरोध सभालाई प्रमुख अतिथिको रुपमा संबोधन गर्दै घिमिरेले बर्तमान सरकार सबै क्षेत्रमा असफल भएको बताउनु भयो।

कोरोनाको महामारीको कारण सृजित आर्थिक संकट टार्ने काम गर्नुको सट्टा संसद बिघठन गरि निर्वाचनको मिति तोक्ने कामले अनाबश्यक आर्थिक व्ययभार बढ्ने उहाँको भनाई थियो।

पानीजहाज र घर घरमा ग्यासको पाईपलाईनको झुट्टा सपना देखाएर बर्तमान सरकार बनेको बताउदै घिमिरेले आगामी चुनावमा भोट माग्न आउने नेकपाका उमेद्वारलाई खै पाईप लाईन र पानीजहाज भनी प्रश्न गर्नु पर्ने जिकिर गर्नु भयो।

सोही कार्यक्रमलाई संबोधन गर्दै घिमिरेले मुसिकोट नगरपालिकाको स्थानिय सरकार पनि गैरजिम्मेवार बनेको आरोप लगाउनु भयो- उहाले भन्नू भयो ।

झेदिको पुल दुई दुई पटक भत्किदा पनि त्यसको नैतिक जिम्मेवारी नगरले नलिएर मुसिकोट र बडागाउ क्षेत्रका नागरिक माथी अन्याय गरेको छ।

एक फरक प्रशङ्गमा घिमिरेले मुसिकोट नगरपालिका नेकपाको राजनितिक भर्तिकेन्द्र बनेको र फरक राजनितिक आस्था राखेकै भरमा कांग्रेस कार्यकर्तालाई मनोबैज्ञानिक आतंक सृजना गर्ने काम गरिएको आरोप लगाउनु भयो।

शयौको शंख्यामा उपस्थित रहेको बिरोध र्याली हलोगाडेबाट सुरु भै वडा कार्यालयमा पुगेर सम्पन्न भएको थियो।

बिरोध र्यालिमा सहभागिले बर्तमान सरकारको असंबैधानिक संसद बिघठनको बिरुद्ध चर्को नाराबाजी गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय