कुखुरा पालेरै मासिक ५० हजार कमाउँछन् स्थानीय युवा विदेश किन जानु ? 

छबिलाल पाण्डे

बाग्लुङ- तमानखोला गाउँपालिका ३ तमानका भिमबहादुर घर्तीले गाउँमै कुखुरा पालन गरेर राम्रो आम्दानी गर्दे आएका छन् ।

१६ वर्षसम्म साउदी र कतारमा रोजगारीका निम्ती पुगेका भिमबहादुरले विदेशको यात्रालाई बन्द गर्दै गाउँमै राम्रो कमाई गरेर रमाउन थालेका छन् । आफनो क्षमता प्रस्तुत गरे नेपालमा पनि राम्रो कमाई गर्न सकिन्छ भन्ने हेतुले

आफनै परिवारसँगगाउँमै कुखुरा पालन र च्याउ खेती गरीरहेको उनको भनाई छ । ४२ वर्षीय घर्तीले पाँचलाख लागतमा लेर्यस र ब्रोयलर जातका कुखुरा पालनबाट व्यवसाय सुरु गरेको बताउँदैे अहिले लगानीलाई बृद्धि

गर्दै १४ लाख पु¥याएका छन् । २०० लेर्यस जातका कुखुराले अण्डा दिइरहेका छन् । स्थानीय स्तरमा अण्डा र मासु प्रसस्त मात्रामा खपत हुने भएपछि विदेशमा कमाउने जती रकम गाउँमै बसेर कमाउने गरेको उनले बताए ।

लेर्यससँगै दुई सय बढि व्रोयलर जातका कुखुरा समेत पाल्दै आएका उनले मासिक पचास हजारसम्म आम्दानी गर्दै आएका छन् ।

श्रीमतीले समेत राम्रो साथ दिएकै कारण च्याउ खेती समेत गर्दै आइरहेको भिमबहादुरले सुनाए । काम गर्दे जाँदा अनुभव समेत बद्दै गएको र सम्भावना

राम्रो रहेका कारण आफनो व्यवसायलाई थप विस्तार गर्दे जाने घर्तीको भनाई छ । तमानखोला गाउँपालिकाले आर्थिक वर्ष २०७६र७७ मा व्यवसाय विस्तारका निम्ती

६० हजार अनुदान समेत दिएको र समय समयमा तालिम दिने, प्राविधिकको सहयोग भएपछि आफुलाई आफ्नो व्यवसायमा थप रमाएर काम गर्ने वातावरण सृजना भएको बताए ।

तमानखोला गाँउपालिकाका व्यवसायिक कृषकका निम्ती गाउँपालिकाले अनुदान र तालिम तथा सम्मानका कार्यक्रम लिएका कारण व्यवसाहिक रुपमा

लाग्ने कृषकलाई पालिकाले साथ दिने तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरको भनाई छ । कृषकका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम रहे पनि

दिर्घकालीन रुपमा टिकेर नयाँ तवरले व्यवसाहिक रुपमा लागेमा आर्थिक उपार्जनको प्रचुर सम्भावना रहेका कारण युवाले कृषि क्षेत्रलाई प्राथमिकता दिन आवश्यक रहेको अध्यक्ष बुढाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय