अर्लाङ्कोट सेवा समाज जापान र विभिन्न दाताहरुबाट संकलित रकम बिरामीका लागि प्रदान

कालिदास खरेल ,मुसिकोट ९ गुल्मी ।अर्लाङ्कोट सेवा समाज जापान र विभिन्न ब्यक्तिहरुबाट समेत गरि बिरामीका लागि अार्थिक सहयोग प्रदान भएको छ ।

गुल्मीको मुसिकोट नगरपालिका -९ ददल्का निवासी बुवा प्रताप वि.क. र आमा राधिका वि.क. कि ४ महिना कि कान्छी छोरी काजल वि.क.को टाउकोमा पानी जम्ने आँखा रातो हुने समस्या भइ गम्भिर बिरामी परे संगै स्थानिय मेडिकलले उपचारका लागि काठमाडौं लैजान सिफारिस गरेका थिए ।

काठमाण्डौ लगेर उपचार गर्न परिवारजनले अार्थिक अवस्था कमजोर भइ नसके पछि आफ्नो बच्चाको जिवन रक्षाका लागि बिभिन्न माध्यमबाट सबैमा आर्थिक सहयोगको याचना गरेका थिए ।

काठमाण्डौको कान्ति बाल अस्पताल बीर अस्पतालमा उपचारका लागि लगे संगै उपचार खर्च परिवारले जुटाउन कठिन परेको थियो ।

पिडित काजल वि.क. उपचारका लागि अर्लाङ्कोटमा घर भइ बैदेशिक रोजगारीका लागि जापानमा रहने नेपालीद्वारा स्थापना गरिएको संस्था अर्लाङ्कोट सेवा समाज जापानले पचास हजार प्रदान गरेको छ ।

त्यस्तै ददल्का दाङ्सिङ घर भइ हाल अष्ट्रेलियामा रहने भिम खरेलबाट दश हजार,ददल्का दाङ्सिङ हाल काठमाडौंमा रहने अर्जुन खरेलबाट नगद र होटलमा खाना खर्च भुक्तानि सहित करिब बाह्र हजार,वामी ठुलाखर्क हाल स्पेनमा रहने ज्ञान प्रसाद खरेलबाट पाँच हजार,दासिकोट घर भइ हाल जापानमा रहने बाबुराम खरेलबाट तिन हजार प्रदान गरिएको थियो ।

त्यसै गरि विदेशमा रहने अन्य ब्याक्तिहरु साथै स्थानिय रुपमा युवा जागरण क्लव ददल्का र अन्य ब्याक्तिहरुको समेत गरि अार्थिक सहयोग जुटाइ उपचारका लागी बच्चाका बुवा अामालाइ हस्तान्तरण गरिएको छ।यति बेला विर अस्पताल काठमाडौंमा उपचार गराइ बच्चाको टाउकोमा रहेको पानी फाले संगै बच्चामा क्रमिक सुधार आएको छ।बच्चालाइ पुःन एक महिना पछि ल्याउन भनेको अामा राधिका वि.क.ले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय