गुल्मी । गुल्मीमा एक पुरुष मृत फेला परेका छन् ।
जिल्लाको रेसुङ्गा नगरपालिका – १४ रातमाटाका अन्दाजी ४५ वर्षीय तुल बहादुर विक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।आज बिहान करिब ११ बजे तिर घर बाट घाँस काट्न हिँडेका विक अबेर सम्म घर नफर्केपछि प्रहरी र स्थानीयले खोज्ने क्रममा रहस्यमय अवस्थामा मृत फेला परेका हुन ।
मृतक विकलाई गोली हानिएको हुनसक्ने अनुमान गरिएको छ ।
मृत भेटिएको खबर सुन्न साथ जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली घ`टनास्थल पुगेको थियो । घ`टना र*हस्यमय देखिए पछि पुनः प्रहरी निरीक्षकको नेतृत्वमा टोली घ*टना स्थल तर्फ प्रस्थान गरेको छ । कसैले जानी जानी गोली नहाने पनि वन्यजन्तु तथा कालिजलाई गोली हान्न
खोज्दा विकलाई लागेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । घटना बारे पुरा विवरण आउन बाकी रहेको छ । यो पनि : पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाईरल बनेको एउटा बाल अनुहार सचिन परियार अब हास्य टेलिश्रृङ्खला मेरी बास्सैमा पनि आउने भएका छन् । आफ्नो अनौठो प्रतिभाका कारण फेसबुक,टिकटक जस्ता सामाजिक सञ्जालमा अहिले उनी निकै रुचाईएका छन् ।
गुल्मीका पत्रकारहरु मोहन बस्नेत, जीवन पाण्डे लगायतले उनको कलालाई सम्मान गर्दै ईन्द्रेणीसम्म पुर्याएका थिए । ईन्द्रणीमा उनले दिएको प्रस्तुतीलाई दर्शकहरुले निकै रुचाएका थिए । त्यस्तै केही समय अगाडी उनले गाएको ओठ खोलेर गीत युटुबमा सर्वाधिक हेरिएको छ ।
आर्थिक अभावका कारण सानैमा पढाई छाडेका सचिन परियार अहिले एक पछि अर्को गरी सामाजिक सञ्जाल र सञ्चार माध्यममा छाईरहेका छन् । तिनै बाल कलाकार सचिन परियार अब नेपालकै सर्वाधिक रुचाईएको हास्य टेलिश्रृङ्खला मेरी बास्सैमा खेल्ने भएका हुन् ।
उनको बोलीचालि हेरेर दर्शकहरु निकै रमाईलो मान्ने गर्दथे । उनै हास्य कलाकार समेत बनिसकेका सचिन परियारले मेरी बास्सै मार्फत अभिनयको भुमिका निर्वाह गर्र्दैछन् । सचिन परियारले मेरी बास्सैमा छोराको भुमिकामा देखिदैछन् । त्यस्तै उनको बाबा भुमिकाको रुपमा गुल्मीकै पत्रकार मोहन बस्नेत रहेका छन् ।
बस्नेत लगायतको समुहले नै उनलाई काठमाण्डौ लगेको हो । उनीहरुले पर्दामा दलित समुदायको प्रतिनिधित्व गरी अभिनय निभाउने छन् । त्यस्तै मेरी बास्सैमा नै अर्का पत्रकार जीवन पाण्डेले पनि अभिनय गरेका छन् । उनीहरुको सुटिङको काम सम्पन्न भईसकेको छ । उक्त भिडियो मेरी बास्सै यही मगंलबार नेपाल टेलिभिजन र युटुबमा पनि सार्वजनिक हुने बताईएको छ ।