बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका—४ खुङ्गाका वडाध्यक्षलाई प्रहरीले प;क्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले टोलीले वडाध्यक्ष तिलक पुनलाई ज्या;न मा;र्ने उद्योग अन्तर्गतको मु;द्दामा प;क्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले बताए ।
बुधबार दिउँसो प;क्राउ परेका उनलाई जिप्रका बागलुङ ल्याईदैछ । अघिल्लो वर्ष कुट;पिटको विषयमा पुन वि;रुद्ध ज्यान मा;र्ने उद्योग अन्तर्गत जिल्ला अदालत बागलुङमा मु;द्दा रहेको र त्यसैको शिलशिलामा प;क्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत बागलुङले प;क्राउ पुर्जी जारी गरेपछि प;क्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । गतवर्ष कार्तिक १२ गते राष्ट्रिय जनमोर्चाको दुई पक्षबीच झ,डप भएको थियो ।
त्यो घटनामा वडाध्यक्ष प्रत्यक्ष संलग्नता रहेको भन्दै राष्ट्रिय जनमोर्चाले पुनलाई कारबाही समेत गरेको थियो ।
उक्त घटनालाई लिएर सात जना वि;रुद्ध जिल्ला अदालतमा मु;द्दा परेको छ । बागलुङ पोस्ट