साग खेल्ने भलिबल टोली घोषणा

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेल्ने पुरुष भलिबल टोलीको टुङ्गो लागेको छ ।

बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीमध्य १४ खेलाडीले अन्तिम टोलीमा स्थान पाएका छन् । ४ खेलाडी बाहिरिएका छन् ।

राष्ट्रिय टिममा पर्न सफल खेलाडीमा ईम राना, राजेन्द्र विष्ट, धनबहादुर भट्ट क्षेत्री, हरी हजुर थापा, टेकराज अवस्थी, हरी अधिकारी, दुर्गा खड्का, द्वारिका थापा, ईश्वर थापा मगर, विनोद चन्द, विशाल विक, शरण सम्री क्षेत्री, कुलबहादुर थापा, रविन चन्द रहेका छन् ।

त्यस्तै, नरेन्द्र गिरी, दिपकराज जोशी, दुर्गा महतो र राजु शेरचन टिमबाट बाहिरिएका छन् ।

साग खेलकुद मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुँदैछ ।

स्रोत=https://www.khabarhub.com/2019/25/91033/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय