अब कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू हुने

काठमाडौं । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । योसँगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ ।

अदालतका प्रवक्ता भद्रकाली पोखरेलले न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ पाठ्यक्रम रोक्न भन्दै परेको रिट खारेज गर्दै निर्देशनात्मक आदेश दिएको अनलाइनखबरलाई बताए ।

नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवत अर्याललगायतले पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

यो पनि पढ्नुहोस्
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षाका लागि लागू भएको कोटा प्रणाली हटाउने भएको छ ।

लाइसेन्सको अनलाइन आवेदन दिन पनि सस्ती हुने भएपछि यातायात व्यवस्था विभागले आगामी साताबाट दैनिक जति पनि संख्या सेवाग्राहीले आवेदन दिनसक्ने गरी प्रणाली व्यवस्थापन गर्न लागेको हो ।

हाल हरेक दिन सम्बन्धित लाइसेन्स कार्यालयले आफ्नो क्षमताअनुसार निश्चित कोटा तोक्ने र त्यसैअनुसार मात्रै अनलाइन फारम भर्न मिल्ने व्यवस्था छ ।

यसले गर्दा दैनिक ४ देखि ५ हजारले मात्रै लाइसेन्सको आवेदन दिन सक्ने अवस्था छ । लाइसेन्सको परीक्षामा सहभागी हुन चाहाने हजारौंले दिन-दिनै फारम भरेपनि अनलाइनबाट ‘सम्बिट’ गर्न सास्ती भोगिरहेका छन् ।

अझ विहान ६ बजे अनलाइन आवेदनको प्रणाली खुल्नासाथ एकैपटक हजारौं सेवाग्राही यातायात व्यवस्था विभागको साइटमा आउने गर्दा प्रणालीमै समस्या देखिन थालेको छ ।

अब भने लाइसेन्सको परीक्षा दिन चाहानेले जुनसुकै समयमा आवेदन भर्नसक्ने र आफ्नो फारम भरेर ‘सब्मिट’ गरेपछि आवेदकलाई यो दिनमा परीक्षामा हाजीर हुन भनेर प्रणालीमार्फत नै जानकारी दिने व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

‘अनलाइन फारममा कोटा राख्दा विचौलियाको चलखेल पनि बढ्ने देखियो,’ उनले भने,’सेवाग्राहीलाई सास्ती भएको देखेपछि हामीले सबै फारम स्वीकार गर्ने र कार्यालयको क्षमताअनुसार प्रणालीबाट नै दिन तोकेर आवेदकलाई परीक्षाको दिन जानकारी गराउने व्यवस्था गर्दैछौं ।’

९ महिनापछि लाइसेन्सको परीक्षा खुलेकाले लाइसेन्स कार्यालयमा ठूलो चाप छ । तर, कार्यालयको लाइसेन्स वितरण क्षमता सीमित भएकाले सेवाग्राहीलाई नै सास्ती भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय