नेकपा, प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजेको बताउनुभएको छ ।
सोमबार काठमाडौँमा प्रतिनिधि सभा विघटनका विरुद्ध आयोजित नागरिक भेलामा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन चाहेको बताउनुभएको हो । ओलीको कम्युनिष्ट आन्दोलनप्रति निष्ठा नभएको भन्दै ओलीले पार्टी संगठनलाई भाताभुंग पार्न चाहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीको गणतन्त्र, संघीयता, समावेसिता र धर्मनिरपेक्षता प्रति कुनै अपनत्व नभएको उहाँको भनाई छ ।
अध्यक्ष नेपालले सोमबार नै निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता आफुहरुलाई दिन आग्रह गरेको पनि बताउनुभयो । उहाँले बहुमत केन्द्रीय कमिटी सदस्य आफुतिर भएको र बहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने व्यवस्था भएकोले कुनै एक व्यक्तिको सुर र तालमा पार्टी नचली विधानसम्मत् चल्ने जानकारी दिएको बताउनुभयो ।
अध्यक्ष नेपालले निर्वाचन आयोगलाई नेकपाको विधान र निर्वाचन सम्बन्धी कानुन हेरेर निर्णय गर्न आग्रह गरीएको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले सबै शक्ति आफू मातहतमा ल्याएर विरोधीलाई तर्साएको उहाँले जिकिर गर्नुभयो ।
प्रतिनिधि सभा विघटनको विरोधमा समाजका सबै तह र तप्का एकै ठाउँमा आएको पनि अध्यक्ष नेपालले बताउनुभयो । देशलाई लोकतन्त्र र स्थायित्वको बाटोमा लैजान सबै परिवर्तनकर्मी शक्तिहरुबीच तालमेल गर्दै अघि बढ्नुपर्ने बेला आएको पनि बताउनुभयो ।
यो पनि पढ्नुहोस्
नेपाल शिक्षक सङ्घ मुसिकोट नगर समितिद्वारा आउदो माघ ३ गतेका लागि तय गरिएको बनभोज कार्यक्रम स्थगित गरिएको छ ।
गत पौष १८ गते बसेको शिक्षक संघको नगर समितिको बैठकले बाग्लुङको गल्कोट नगरपालिकाको हरिचौरको लागि बनभोज जाने भन्दै आउदो माघ ३ गते शनिबारको लागि मिति तय गरेको थियो ।
विशेष कारणले आउदो माघ ३ गतेको लागि स्थगित गरिएको र बनभोज आउदो माघ १७ गतेको लागि अर्को मिति तोकिएको संघका अध्यक्ष डिल्लिराज खरेलले नबखबरलाइ जानकारी दिनुभयो। माघ १७ गते पहिले तोकिएको ठाउ हरिचौर नभई मुसिकोट नगरपालिका वामी परुवा स्थित रुद्रावतिको वहुमुखी क्याम्पसको प्राङ्गणमा बनभोजको लागि शिक्षक सङ्घमा आबद्द सबैलाइ उपस्थितिको लागि आग्रह समेत गर्नुभयो ।
पहिलेका वर्षहरुमा प्रतिनिधि सभा र बनभोज एकैचोटी एकै ठाउमा गर्ने गरेको र अहिलेबाट छुट्टाछुट्टै गर्ने प्रयास गरेपनी विशेष कारणले छुट्टाछुट्टै गर्न असम्भव भएकोले प्रतिनिधि सभा र बनभोज कार्यक्रम एकैदिन माघ १७ गते रुद्रावती वहुमुखी क्याम्पसमा गर्न लागिएको उहाको भनाइ छ ।क्याम्पसमा बनभोजको आयोजना गरेपछी प्रतिनिधि सभा गर्न समेत सहज हुने छ ।
माघ १७ मा बनभोज सङ्गसङ्गै प्रतिनिधि सभा पनि हुने भएकोले शिक्षकका सदस्यता नविकरण, सदस्यता वितरण ,पिरमर्का, गुनासा,संघका आगामी योजना , अहिलेसम्मका कामको समीक्षा , कर्तव्यबोध , बर्तमान प्रतिकुल परिस्थितिमा कसरी सजग र शिक्षण गर्ने लगायतका विषयमा छलफल हुने पनि खरेलले बताउनुभयो ।