चुनाब भन्नेवित्तिकै सातो किन गएको -ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा गएर आफूलाई जनताबाट नै द*ण्डि*त गराउन चु,नौति दिएका छन् ।

ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै सत्तारुढ दल नेकपाकै प्रचण्ड–माधव पक्षलगायत आन्दोलित भइरहेको बेला आइतबारको राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा निर्वाचनमा जाने निर्णयको वि,रोध गर्नेहरुलाई निर्वाचनमा गएर जनताबाट नै द*ण्डि*त गरेर देखाउन चु,नौति दिएका हुन् ।

उनले भने, ‘निर्वाचनमा जाने भन्ने वित्तिकै खुट्टा किन कामेको ? निर्वाचन भन्ने वित्तिकै सातो किन गएको ? जनताको बीचमा जाने भन्ने वित्तिकै, ताजा जनादेश लिने भन्ने वित्तिकै ? अरु कुनै प्रभुको चरणमा जाने भनेको त होइन नि ? जनताको शर*णमा जाने भनेको ।

नेपाली जनताको अभिमत लिने भनेको केपी ओलीले गल्ती गरेको रहेछ भने नेपाली जनताले द*ण्ड देलान् ।

नेपाली जनताको बीचमा गएर केपी ओलीलाई द*ण्ड दिन अपिल गर्नुहोस् न तपाईँहरुहरु जानुहोस् । जो जसलाई चित्त बुझेको छैन । तपाईँहरुलाई जनताले त्यही जवाफ दिएर पठाउनेछन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय