बागलुङ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले नेपाल कम्युनिष्ट पार्टीले जनतनाको जनमतलाई सम्मान गर्न नसकेको आरोप लगाएका छन ।
नेपाली काँग्रेस क्षेत्र नंम्बर १ ले जिल्लाको काठेखोला गाउँपालिकामा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा बोल्दै नेता लेखकले नेकपाले जनताको जनमतलाई अपमान गरेका बताएका हुन् ।
उनले जनताले नेकपालाई पाँच वर्षका लागि जनमत दिँदा पनि केपी शर्मा ओली, प्रचण्ड, माधव नेपाल जस्ता शिर्ष नेतालाई जनमतको मात चढेको बताएका हुन ।
‘काँग्रेसलाई जनताले पाँच वर्ष प्रतिपक्षमा बस्नका लागि भनेर नेकपालाई बहुमत दिलाए । नेता लेखकले भने, तर जनताको जनमतलाई नेकपाले तिन वर्ष पनि थेग्न सकेन ।
अझै केपी ओली ताजा जनादेशका लागि भन्दै संसद विघटन गरेको भन्दै हिँड्छन ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु संविधान विपरित र अलोकतान्त्रिक भएको बताए ।
पुर्वमन्त्री समेत रहेका लेखकले नेपाली काँग्रेसले संसद विघटनको विषय अदालतमा पुगेको र पुनःस्थापना भए पनि स्वागत गर्ने र निर्वाचनमा जानुपरे पनि स्वागत गर्ने बताए ।
‘हामी सर्वोच्च र जनताको निर्णलाई नै मान्नेछौं लेखकले थपे, न्यायलयले पक्कै पनि संविधान भन्दा बाहिर गएर निर्णय गर्दैन भन्ने विश्वास छ । यदि न्यायलयको निर्णयले संसद पुनस्थापना भएन भने ।
निर्वाचनमा जान्छौं, काँग्रेसलाई जनताले निर्वाचनबाट बहुमत दिएर पुन अधिकार दिएर पठाउने छन हामी विश्वास गरौं ।’
नेता लेखकले यदी संसद पुर्नस्थापना पनि नहुने र बैशाखमा निर्वाचन पनि नहुने संभावना रहयो भने काँग्रेस लोकतन्त्रको रक्षाका निम्ती जस्तो सुकै आन्दोलन गर्न पनि पछि नहटने बताए ।
नेता तथा कार्यकर्तालाई कोही कसैको लोभलाचमा नफसी संगठन निर्माणका लागि आग्रह गर्दै लेखकले काँग्रेसको १४ औं महाधिवेशनले एकताको सन्देश दिने बताए ।
कार्यक्रममा केन्द्रिय सदस्य रत्ना शेरचनले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मर्म विपरित काम गरेको बताईन । उनले ओलीले मुलुकमा तानशाही प्रबृत्ति देखाएको र यसको प्रतिकारमा अब जनता उत्रने बताईन ।
सोही अवसरमरा काँग्रेसका आमन्त्रीय केन्द्रिय सदस्य किरणराज पौडेलले संसद विघटन गरेर प्रधानमन्त्रीले मुलुकमा ठुलो दुर्घटना तर्फ लगेको आरोप लगाए ।
कार्यक्रममा नेपाली काँग्रेसका बागलुङ पार्टी सभापति दिपेन्द्र बहादुर थापा, पुर्व पार्टी सभापति गोविन्द प्रसाद शर्मा कंडेल, पुर्व पार्टी सभापति एवं गण्डकी प्रदेश सभा सदस्य मणिभद्र शर्मा कंडेल
पुर्वपार्टी सभापति हरिप्रसाद श्रेष्ठ, संविधान सभा सदस्य एवं पुर्व सभापति प्रकाश शर्मा पौडेल, जिल्ला सचिव चित्रबहादुर कार्की, महासमिति सदस्य होमबहादुर हमाल, जिल्ला सदस्य बसन्त कुमार श्रेष्ठ, खिमानन्द पौडेल,
ज्ञानु श्रीष शर्मा, महाधिवेशन प्रतिनिधि एवं शिक्षक संघका अध्यक्ष उमाकान्त पौडेल, भूपू सैनिक संघका जिल्ला अध्यक्ष क्या. हरिबहादुर भण्डारी, नेपाल तरुणदलका जिल्ला अध्यक्ष उमाकान्त शर्मा बाबु,
नेपाली काँग्रेस बेल्जियम सम्पर्क समाजका अध्यक्ष राजु थापा, काठेखोला गाउँपालिकाका संयोजक ज्ञामनाथ कंडेल, नेविसंघका जिल्ला अध्यक्ष खड्क थापा, दलित संघका जिल्ला अध्यक्ष ताराबहादुर विक,
जिपि फाउण्डेशन बागलुङका अध्यक्ष महेन्द्र कंडेल र नेविसंघ त्रिचन्द्र क्याम्पसका पुर्व ईकाइ अध्यक्ष विष्णु पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रम क्षेत्रीय सभापति चिरञ्जीवी गौतमको अध्यक्षता क्षेत्र नं. १(क) का सभापति शिव प्रसाद कंडेलको स्वागत र सचिव केशव थापाको संचालनमा सम्पन्न भएको थियो ।
दुई दिनसम्म संचालन हुने प्रशिक्षण कार्यक्रममा काठेखोला गाउँपालिका क्षेत्रका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिईने छ ।
श्रोत बागलुङ पोस्ट