मुसिकोटमा राष्ट्रिय परिचयपत्रका लागी विवरण दर्ता गराउने समय थप

मुसिकोट नगरपालिका वाड न ७ ले राष्ट्रिय परिचयपत्रका लागी विवरण दर्ता गराउने म्याद थप गएको छ ।

नेपाल सरकार राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभाग मार्फत सञ्चालित राष्ट्रिय परिचयपत्रका लागी विवरण सँकलन गर्ने कार्य मुसीकोट नगरपालिका वडा नं. ७ मा पुष १५ गते देखी चलिरहेको छ ।

श्री महेन्द्र आदर्श नमुना माध्यमिक विधालय वामीटक्सार गुल्मीमा राखिएको दर्ता स्थलमा उपस्थित भइ २०७७/०९/२५ गते शनिवार सम्म १७२७ जनाले आफ्नो विवरण दर्ता गराएका छन ।

यसै बिच विवरण सँकलन गरीने कार्य पुष २५ गते सम्म गरीने भनिएको भएता पनि विवरण सँकलन गराउन नागरिकहरूको भिडभाड कम नभएकोले विवरण सँकलन कार्यका लागी थप ३ दिन थपिने भएको छ ।

हाल सम्म पनि विवरण सँकलन नगराउनु भएका नागरिकहरूले २०७७/ ०९/२८ गते सम्म श्री महेन्द्र आदर्श नमुना माध्यमिक विधालय वामीटक्सार गुल्मीमा राखिएको दर्ता स्थलमा उपस्थित भइ विवरण सँकलन गराउन सक्ने छन ।राष्ट्रिय परिचयपत्रका लागी विवरण दर्ता गराउँदा कुनै शुल्क लाग्दैन ।

यो पनि पढ्नुहोस्
परोपकार बहुउद्देश्यीय सहकारी सस्था मुसिकोट ७ वामिको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

सस्थाको आफ्नै भवनमा भएको शेयर भेलाका बिच सभा सम्पन्न गरिएको हो । कोरोना भाइरसको कारण कार्यक्षेत्रमा रहेका वडाहरुको छुट्टाछुट्टै भेला गरिएको छ। जसमध्ये शनिबार वडा नम्बर ७ मा सभा सम्पन्न गरिएको सस्थाका अध्यक्ष गोपोकृश्ण खरेलले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले भेलाको कार्यक्रमको उद्घाटन गर्दै सहकारिले बैंकमा पैसा जम्मा नगरेर सहुलियत दरमा नागरिकहरुमा लगानी गरि आम्दानीको श्रोत बढाउने गरि ऋण प्रवाह गर्न अनुरोध गर्दै नगरपालिकाले सहुलियतपूर्ण कर्जाको लागि नेपाल बैंक सङ्ग सम्झौता गरेकोले कृषकलाई त्यसबाट लाभ लिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा मुसिकोट ८ का वडाध्यक्ष नारायण सापकोटा , शारदा विद्यामन्दिर माबिका प्रधानाध्यापक ज्ञानहरी सापकोटा,वामि विश्व सम्पर्क मन्चका अध्यक्ष ज्ञानिश्वर काफ्ले, गुल्मी मुसिकोट उद्योग वाणिज्य संघका सचिव महेश्वर घिमिरे लागायतको उपस्थिती रहेको थियोे । शेयर सदस्यको प्रतिनिधित्व गर्दै सालिकराम सापकोटाले आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सस्थाका अध्यक्ष गोपोकृष्ण खरेलले अध्यक्ष को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सस्थाका लेखा समितिका सदस्य लिलाधर घिमिरेले ६५ करोड ६ लाख उन्नाइस हजार ३१८ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

२०४९ सालमा दर्ता भएको सहकारिमा जम्मा १९१५ जना सदस्य रहेका छन , ३ करोड  ५८ लाख, ९३ हजार ३८४ चुक्ता शेयर पुजि रहेको सहकारिको  बैंकमा ५० लाख ९९ हजार १५७ रहेको छ । पाउनु पर्ने पेस्कि हिसाब २३ लाख,७६ हजार,३०० र एक करोड १२ लाख ४६ हजार २५२ ऋण लगानी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सस्थाका सदस्य गोपाल नेपालिको स्वागत मन्तब्य रहेको कार्यक्रमको सस्थाका अध्यक्ष गोपिकृष्ण खरेलको अध्यक्षता रहेको थियो भने सन्चाललन सचिव कल्पना घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय