कम्युनिस्टको आधार क्षेत्र गुल्मीको मालारानी ओलीमय

रामकृष्ण कँडेल /मुसिकोट,गुल्मी

मुसिकोट नगरपालिका वडानं ८ मालारानी गुल्मीमा आयोजित कार्यक्रममा नेकपाका अगुवा कार्यकर्ता हरूले रास्ट्रबादी र सम्बृध्दीको यात्रामा अगाडि बढेको पार्टी अध्यक्ष के पी शर्मा ओलीले नेतृत्व गरेको पार्टी लाई साथ समर्थन र सहयोग गर्ने सर्बसम्मत घोषणा गर्नु भएको छ।

मुनपा ८ मालारानीमा आयोजित कार्यक्रम लाई पार्टी प्रबक्ता तथा पररास्ट्र मन्त्री प्रदिप ज्ञवालीले फोन मार्फत संबोधन गर्नु भएको थियो।पार्टीका जिम्मेवार नेता हरू मालारानीमा जुटेको खवरले आफु अत्यन्तै खुसी भएको धारणा ब्यक्त गर्दै मालारानीका बुवा आमा दाजु भाई दिदि बहिनी हरूले बिगत देखिनै कम्युनिस्ट आन्दोलन लाई सहयोग गर्दै आएको संस्मरण गर्दै आगामी दिनमा पनि आफु हरूले सहयोग प्राप्त गर्ने आशा ब्यक्त गर्नु भयो।

यति खेर कम्युनिस्ट पार्टमा निकै ठुलो संकट आएको भन्दै पार्टी प्रबक्ता ज्ञवालीले संकटको बेला आफु हरू लाई साथ दिन बिशेष आग्रह गर्नु भयो।आफुले मुसिकोट नगरपालिका लाई हरेक क्षण सक्दो सहयोग गर्ने प्रतिबध्दता समेत शुभकामना मन्तब्यको क्रममा पार्टी प्रबक्ता ज्ञवालीले बताऊनु भयो।

कार्यक्रममा नेकपाका लुम्बिनी प्रदेश कमिटी सल्लाहकार सदस्य तथा वामी गा वि स अध्यक्ष महेश बहादुर जि सी,जेस्ठ नागरिक मन्च गुल्मीका सदस्य खड्ग बहादुर घर्ती मगर,नेकपा नगर कमिटि सचिबालय सदस्यहरू क्रमश प्रकाश काफ्ले,रामकृस्ण कंडेल,भुवन के सी,रामबहादुर बोहोरा

निर्बाचित वडा सदस्य क्याप्टेन पुर्ण बहादुर घर्ती,टेकबहादुर श्रीस,लोक प्रसाद छन्तेलले मन्तब्य राख्नु भएको थियो। भेला पार्टीका वडा कमिटी अध्यक्ष चुराबहादुर के सी को अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय