युनाइटेडको संघर्षपूर्ण जित

एजेन्सी । प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा साँघुरो जित निकालेको छ । बिहिबार राति भएको समूह चरण अन्तर्गत खेलमा युनाइटेडले पार्टिजन बेलग्रेडलाई १–० गोल अन्तरले पराजित गरेको हो । बेलग्रेड घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्सियलले एक मात्र निर्णायक गोल गरे । खेलको ४३ औँ मिनेटमा मार्सियलले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई महत्वपूर्ण जित दिलाए । जितसँगै समूह ‘एल’ मा रहेको युनाइटेडले तीन खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । पराजित बेलग्रेड ४ अंक छ ।

स्रोत=https://baahrakhari.com/news-details/222213/0000-00-00

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय