नेकपा नफुटोस भनेर शुभकामना दिनुबाहेक अन्य कदम के नै चाल्न सकिन्छ र ? – सचिव घिमिरे

वर्तमान नेपाल कम्युनिस्ट पार्टीमा देखिएको किचलो र चरम गुटगत राजनीतिले फुटको संघारमा रहेको नेकपालाइ नफुटोस भनेर शुभकामना दिनु बाहेक अरु कुनै बिकल्प नरहेको नेपाली काङ्ग्रेस मुसिकोट नगर समितिका सचिव मोहन घिमिरेले बताउनुभएको छ ।

पदिय लोलुपताको लागि भएको कित्ताकाटबाट नेपाली काङ्ग्रेसले विगतमा ठूलो भुल गरेको इतिहास साक्षी रहेको स्मरण गर्दै त्यस घटनाबाट नेकपाले पाठ नसिकेर उल्टै गल्ती दोहोर्याएको उहाको भनाइ छ । सरकार सन्चालनमा रहेका प्रमुख हिस्सेदारका कुरा नमिल्दा नागरिकले हैरानी बेहोर्नुपरेको साथै यस्तो क्रियाकलापको क्षतिपूर्ति नहुने पनि उहाको भनाइ छ ।

आफ्नै पार्टिको सरकार भएको बेलामा प्रधानमन्त्रीले सत्ता संचालकभित्रबाटै अविश्वासको प्रस्ताव जस्ता नमिठा घटनाको सामना गर्नुपर्ने स्थिती आउनु र असम्बैधानिक तरिकाबाट सम्सद विघटन गरि सम्सदको गरिमा घटाउनु जस्ता लज्जास्पद घटना हुन नदिनको लागि नेपाली काङ्ग्रेस सडकमा आन्दोलन गर्न आउनुपरेको घिमिरेको भनाइ छ , अन्ततः नेकपालाइ फुट्नु हुदैन भन्नू बाहेक अरु भुमिका काङ्ग्रेससङ्ग नरहेको उहाको ठहर छ ।

वर्तमान देशको प्रधानमन्त्री केपि शर्मा ओलिले गलत कार्य गरेको र यसको बिरुद्धमा सर्वोच्च अदालतमा मुद्दा समेत परेको अवस्थामा नेपाली काङ्ग्रेस भित्र पनि अनेक बिचारका मन्थन भएपनी सर्वोच्च अदालतको निर्णय भने काङ्ग्रेसले मान्ने उहाको भनाइ छ ।

यो पनि पढ्नुहोस्
पैसा आयो कि भन्दै हरेक दुई दिनमा बैङ्कको चक्कर लगाउँसर्लाही । धनकौल गाउँपालिका, छोटौलका किसान रामानन्द राय यादव दुई/तीन दिन बिराएर बैङ्कमा पुग्ने गर्दछन् । आर्थिक कारोबारका लागि होइन, उनी अन्नपूर्ण सुगर मिलका तर्फबाट पाउनुपर्ने उखुको भुक्तानी आफ्नो बैङ्क खातामा आयो कि भनेर बुझ्न सातामै दुई÷तीन पटक बैङ्क पुग्ने गरेका हुन् ।

गत साता सरकार र उखु किसानबीच भएको चार बुँदे सहमतिअनुसार २१ दिनभित्र चिनी उद्योगले किसानको बक्यौता रकम भुक्तानी गर्ने सहमति भएसँगै उनी बैङ्कमा धाउन थालेका हुन् । भन्छन्– कर्जा तिर्नुछ, बैङ्कमा पैसा आउनेबित्तिकै त्यो निकालेर ऋण तिरिदिन पाए आनन्दले बस्न पाइन्थ्यो ।

रामानन्दमात्र होइन, छोटौलका करिब ८० किसानले अन्नपूर्ण सुगर मिलबाट चार वर्ष अघिकै उखुको भुक्तानी पाउन बाँकी छ ।

धिरजा राय यादव, महेन्द्र राय यादव, मेघु राय यादव, रामशंकर राय यादव, नागेन्द्र राय यादव, हृदय नारायण राय यादव, रामनरेन्द्र राय यादव, लालबाबु राय यादव प्रतिनिधिपात्र मात्र हुन् ।

उनीहरुजस्ता कयौं किसानले उक्त चिनी मिलबाट २०७४ साल कै उखुको भुक्तानी पाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय