नेपाल शिक्षक सङ्घद्वारा वनभोजको आयोजना, सम्बन्धित सबैलाइ उपस्थितिको लागि आग्रह

विषणु प्रसाद आचार्य चकित०मुसिकोट गुल्मी नबखबर

नेपाल शिक्षक सङ्घ मुसिकोट नगर कार्य समितिले वनभोज जाने निर्णय गरेको छ ।

शनिबार सङ्घको कार्यालयमा बसेको बैठकले आगामी माघ महिनाको ३ गते बाग्लुङ्ग जिल्लाको गल्कोट नगरपालिकाको हरिचौरमा वनभोज जाने निर्णय गरेको शिक्षक सङ्घले जनाएको छ ।

मुसिकोट नगरपालिका भित्र कार्यरत शिक्षकहरू मध्येका शिक्षक सङ्घमा आवद्ध शिक्षकहरुलाइ उपस्थितिको लागि आग्रह गरिएको सङ्घका नगर अध्यक्ष डिल्लीराज खरेलले नबखबरलाइ जानकारी दिनुभयो ।

वनभोज कार्यक्रममा शिक्षक सङ्घका अहिलेसम्मका कार्य समीक्षा साथै आगामी योजनाबारे छलफल हुने बताइएको छ , शिक्षक सङ्घको सदस्यता नविकरण, नया सदस्यता, शिक्षकहरुका पिरमर्का, अधिकार र कर्तव्यबोध लगायतका विषयमा समेत छलफल गरिने बताइएको छ । आगामी माघ १७ गते हुने शिक्षक संघको प्रतिनिधी सभाको विषयमा पनि निर्णय हुने अध्यक्ष खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय