बुटवल । बुटवलमा भइरहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षको जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा नेता शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डले पूर्व एमालेभित्र रहेको अन्तरविरोधमा खेलेर पार्टीको नेतृत्व कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।
नेकपाका केन्द्रीय कमिटी सदस्य समेत रहेका नेता पोखरेलले पूर्व एमालेको अन्तरविरोधमा खेलेर नै कार्यकारी अध्यक्षका रुपमा रहेका प्रचण्डले प्रथम अध्यक्ष केपी शर्मा ओलीमाथि अरोप पत्र प्रस्तुत गरेको दावी गरे । भेलामा उपस्थित कार्यकर्ताहरुलार्ई सम्बोधन गर्दै उनले नेकपामा देखिएको संकटको एक मात्र कारण उक्त आरोप पत्र रहेको बताएका छन् ।
‘अभियोगमा छलफल हुन सक्ने ठाउँ नै थिएन । निषेधको उदेश्यले लगाइएको आरोप थियो ।’ उनले भने–‘आरोप पत्र फिर्ता गरेको भए पार्टी एकता बचाउन सकिन्थ्यो ।’
अघि बढ्दै उनले दोहो¥याए पूर्व एमालेको अन्तरविरोधमा खेलेर पार्टीको नेतृत्व कब्जा गर्न चाहेर नै पार्टी एकतामा संकट उत्पन्न भएको हो ।
उनले महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीसँग हार बेहोरेका माधव नेपाल र महासचिव इश्वर पोखरेलसँग हारेका सुरेन्द्र पाण्डेलाई प्रचण्डले आफ्नो समूहमा महत्वपूण पद दिनु हास्यास्पद भएको बताए ।
‘केपीओलीसँग चुनाव हारेका माधव नेपाललाई अध्यक्ष बनाउनुभयो । ईश्वर पोखरेलसँग चुनाव हारेका सुरेद्र पाण्डेलाई महासचिव बनाउने तयारी गर्दै हुनुहुन्छ ।’ उनले भने ।
उनले केपी ओलीले इमान्दार ढंगले अँगालो गर्न खोज्दा प्रचण्डले घात गर्न खोजेको समेत आरोप लगाएका छन् ।-लुम्बिनी टाइम्स
यो पनि पढ्नुहोस्
बागलुङ : नेपाली काँग्रेसका नेता बद्री पाण्डेले प्रधानमन्त्री ओलीको असंवैधानिक कदम विरुद्ध आन्दोलनको विकल्प नभएको बताएका छन् ।
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ बागलुङले बरेङको बाटाकाचौरमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणको उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले संविधानमा कतै व्यवस्था नभएको संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले संविधानको मर्ममाथि प्रहार गरेको बताए ।
पाण्डेले निर्वाचन हुँदा काँग्रेसलाई फाईदै हुने भए पनि अहिले संसद पुनस्थापना पहिलो शर्त रहेको बताए ।
उनले अहिले कम्युनिष्ट पार्टीहरु टालेको कोट जस्तै भएको बताए । ‘अहिलेका कम्युनिष्टहरु कम्युनिष्ट जस्तो छैनन्,’ उनले भने,‘फरक फरक टालोले टालेको कोट जस्तै रङ्गीचङ्गी देखिन्छ ।’
उनले राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेकोमो जोड दिए । ‘वीपी कोईरालाले लिनुभएको मेलमिलापको नीति अहिले पनि उत्तिकै महत्वपूर्ण छ,’ पाण्डेले भने,‘विगतमा कम्युनिष्ट पार्टीहरुलाई मिलाएर काँग्रेसले ठूला राजनीतिक परिवर्तनको नेतृत्व गरेको छ । अहिलेको समस्या समाधानका लागि पनि मेलमिलापको नीति अनुसार काँग्रेसले अगुवाई गर्नुपर्छ ।’
कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य रत्ना शेरचनले वर्तमान सरकार भ्रष्टाचारमा डुबेको बताईन् । असंवैधानिक कदम सच्याउन आन्दोलनका आँधी सिर्जना गर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रिक केन्द्रीय सदस्य किरणराज पौडेल, नेपाली काँग्रेस बागलुङका सभापति दीपेन्द्र थापा, पूर्व पार्टी सभापति एवं नेपाली काँग्रेस गण्डकी प्रदेश सभाका प्रमुख सचेत मणिभद्र शर्मा कँडेल, पूर्व पार्टी सभापति हरिप्रसाद श्रेष्ठ, पूर्व पार्टी सभापति एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, जिल्ला सचिव
नवराज पौडेल, महासमिति सदस्यद्वय जगदिशचन्द्र उपाध्याय, भीम श्रीस, तमानखोला गाउँपालिका अध्यक्ष
जोकलाल बुढामगर, गुल्म चन्द्रकोट गाउँपालिका अध्यक्ष दोर्ण खत्री, कालिगण्डकी गाउँपालिका अध्यक्ष वेद थापा मगर, नेपाल विद्यार्थी संघ केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल, नेपाली काँग्रेस महाधिवेसन प्रतिनिधि चित्रबहादुर केसी, जिल्ला सदस्य दिलीप पुन, जिल्ला सदस्य दिलप्रसाद शर्मा, बरेङ गाउँपालिका पार्टी सभापति तुल्सीराम
पौडेल, नेविसंघ बागलुङका अध्यक्ष खडक थापा, महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्मा, नेपाल शिक्ष संघ बागलुङका सहसचिव मदन कार्की, बरेङ गाउँपालिका—५ का वडाध्यक्ष अमर शेरपुञ्जा लगायतले मन्तव्य राखेका थिए । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति चिरञ्जीवी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहसभापति नारायण पौडेल र सञ्चालन सचिव विष्णु आचार्यले गरेका थिए ।
शनिबार उद्घाटन शत्र भएको र आईतबार अगुवा कार्यकर्ताका लागि प्रशिक्षण सञ्चालन हुने नेपाली काँग्रेस क्षेत्रीय समितिले जनाएको छ ।
राष्ट्रिय मेलमिलाको सन्दर्भ पारेर नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ बागलुङले क्षेत्र अन्तर्गत पर्ने जैमिनी चार वटा स्थानीय तहमा अगुवा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । जैमिनी नगरपालिकामा यस अगाडी सम्पन्न भैसकेको छ ।
काठेखोला र बागलुङ नगरपालिकामा पनि केही दिनमा कार्यक्रम गरिने क्षेत्रीय सभापति चिरञ्जीवी गौतमले बताए.