प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाडाँमा जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा केहीबेर अगाडि बैठक सुरु भएको हो ।

पार्टी विभाजनपछि यो समूहको स्थायी कमिटी बैठक पुस ९ मा बसेको थियो । त्यसपछि पुस १४ मा देशभर प्रदर्शन गरेको यो समूहले दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिसकेको छ ।

यो समूहले संसद पुनर्स्थापना र नेकपाको वैधानिकताको लागि दबावमुलुक संघर्षको कार्यक्रम गरिरहेको छ । शनिबार मात्रै दोस्रो चरणको कार्यक्रम घोषणा गरेको यो समूहले संघर्षको थप रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको एक नेताले बताए ।

यो पनि पढ्नुहोस्
राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आइतबार सर्वोच्चमा संसद् विघटन गर्नुको कारण पेश गर्ने भएको छ्।संसद् विघटन किन गरेको भनी सर्वोच्च अदालतले मागेको जवाफ आइतबार सर्वोच्चमा पेश गरिने भएको हो ।।

पुस १० मा सर्वोच्च अदालतले संसद् विघटनबारे कारण पेश गर्न आदेश दिएको थियो। आइतबार जवाफ पेश गर्ने अन्तिम दिन हो। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जवाफ पेश गर्नका लागि तयारी भइरहेको जानकारी दिए।

यी सबै जवाफ महान्यायधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा पेश गरिने छ। महान्यायधिवक्ताको कार्यालयका प्रवक्ता संजीवराज रेग्मीले अहिलेसम्म सम्बन्धित कार्यालयबाट जवाफ आइनसकेको जानकारी दिए। उनले दिउँसोसम्म सर्वोच्चमा जवाफ पेश गरिने बताए।

सर्वोच्चमा जावाफ पेश भइसकेपछि पुस २२ बाट यो विषयमा सर्वोच्चको संवैधानिक इजलासमा निरन्तर सुनुवाई हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय