संसद् विघटन गर्नुको कारण आज सर्वोच्चमा पेश हुँदै।

राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आइतबार सर्वोच्चमा संसद् विघटन गर्नुको कारण पेश गर्ने भएको छ्।संसद् विघटन किन गरेको भनी सर्वोच्च अदालतले मागेको जवाफ आइतबार सर्वोच्चमा पेश गरिने भएको हो ।।

पुस १० मा सर्वोच्च अदालतले संसद् विघटनबारे कारण पेश गर्न आदेश दिएको थियो। आइतबार जवाफ पेश गर्ने अन्तिम दिन हो। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जवाफ पेश गर्नका लागि तयारी भइरहेको जानकारी दिए।

यी सबै जवाफ महान्यायधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा पेश गरिने छ। महान्यायधिवक्ताको कार्यालयका प्रवक्ता संजीवराज रेग्मीले अहिलेसम्म सम्बन्धित कार्यालयबाट जवाफ आइनसकेको जानकारी दिए। उनले दिउँसोसम्म सर्वोच्चमा जवाफ पेश गरिने बताए।

सर्वोच्चमा जावाफ पेश भइसकेपछि पुस २२ बाट यो विषयमा सर्वोच्चको संवैधानिक इजलासमा निरन्तर सुनुवाई हुनेछ।

यो पनि पढ्नुहोस्
काठमाडौं । आइतबार एकाबिहानै कोटेश्वर चोकमा एउटा कटुवा पेस्तोल देखियो । पेस्तोल देख्नेवित्तिकै हिँडिरहेका केही व्यक्तिले तुरुन्तै नजिकै रहेका प्रहरीलाई खबर गरे ।

महानगरीय प्रहरी प्रभाग, कोटेश्वरको टोलीले तुरुन्तै पेस्तोल र त्यसमा रहेको एक राउण्ड गोली बरामद गर्यो । पेस्तोल धनी को हुन् भन्ने खुलेन ।

बरु सिन्धुलीको तिनपाटन गाउँपालिका घर भएका २५ वर्षीय युवराज आले मगरले आफूलाई लुटपाट गर्ने प्रयास भएको बताए । उनले पेस्तोल देखाएर आफ्नो मोबाइल खोस्न खोजिएको तर प्रतिवादका क्रममा हतियार झरेको बयान दिएका छन् ।

यद्यपि, प्रहरीले उनको बयानलाई पुष्टि गर्ने अन्य आधार खोजी गरिरहेको छ । महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेत भन्छन्, ‘मगर प्रहरीको सम्पर्कमै छन्, हामी सोधपुछ गरिरहेका छौं ।’

प्रहरीले हतियार मगरकै समेत हुनसक्ने आशंका गरेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर