सानो बाबुलाइ मिठी ल्याइदिएर आउछु है

अनुप आचार्य सात समुन्द्र पारिबाट

आमा ! जुन दिनदेखी तपाइको त्यो निर्दोष काख छोडेर म टुकुरटुकुर हिड्नको लागि त्यो छोडेर भुइमा घर्सिन थालेको थिए , त्यही दिनदेखी मलाइ सधै पराइ देशमा जाने साइत जुरेको रैछ । म अभागी ।।

म अनेकौ प्रयास गरे आफ्नो देसमा कर्म गरेर आमाको काखमा रमाउदै जीवन सङ्गिनिलाइ साथमा राखी मेलापात गर्दै पल्लाघरे दाइ र उपल्लाघरे साइला सङ्ग हासोमजाक गर्दै दिन काट्ने रहर कहाबाट टुट्यो मनभरी यादहरु सङ्गाल्दै लागे परदेशतिर।

मेरो एक कक्षामा पढ्ने छोराले भर्खरै मेरो नाम राम्रोसँग कापिमा सिगार्दै थियो आज बेलुका पनि बाबुले होमवर्क गर्दा बाबा तपाइको नाम कसरी लेख्ने भनेर फेरि सोधेको सुन्नको सट्टा त्यही यादले आखाभरी आसुले भिजाउने दिन आयो ।

अर्को २ वर्षको सानोबाबु टुकुरटुकुर हिड्दै आगनको पल्लो कुनाबाट धङधङ गर्दै हिडेको र थ्याच्च गर्दै लड्दा बाबा !!! भन्दै रोएको त्यो काउले बोली, रुन्चे स्वरले मेरो मनभरी तरङ्ग ल्याउनेछ ।

जति पर जान्छु प्रिय मनहरुको याद त्यति धेरै आउछ , सानू तिमिले खाना पकाएर खान बोलाउदा म झ्याप्प नआउदा तिम्लाइ कति रिस उठ्थ्यो है ? अब त त्यही दिन सम्झेर साहुको अधिनमा काम गर्दा कति सताउनेछ अनि तिम्लाइ पनि खाना खाने बेलामा कति पीडा हुनेछ एक्लै खाने एक्लै पकाउने अनि तिनी साना बाबुहरुको मन बुझाउन , कति सताउनेछ तिम्लाइ सानो बाबुले बाबा सङ्ग जानी भनेर अनि सोध्नेछ ठूलो बाबुले बाबा कहाँ पुग्नु भयो भनेर ।

चाडपर्व आउनेछन वरपरका नानिबाबुहरु आफ्नो बाबाको हात छोपेर हिड्नेछन मेरो सानो बाबुले भन्नेछ मेरो बाबा खोइ मम्मी ?? अनि तिम्ले भन्नेछौ तिम्लाइ मिठी लेइदिन जानुभएको छ लेइदिएर आउनुहुन्छ भनेर ।

अरुका जोडिहरु बजारमा मेला लाग्दा रमाउदै घुम्न जानेछन तिम्ले मलाइ मोबाइलमा भिडियो कल गरेर त्यही रमाइलो नाचगानमा एक्लै भएको देखाइदिनेछौ फेरि मन मेरो भारी हुनेछ , फोन कट्नेछ रुनेछ मन भारी भएर ।

भो धेरै पिर नगर म आउनेछु छिट्टै आउनेछु सानो बाबुलाइ मिठी लेइदिएर आउनेछु , तिम्लाइ खुसी लेइदिएर आउनेछु, म जन्मदा लेखेको भाग मैले भोग्नै पर्छ त्यही भाग कटाएर आउनेछु त्यही गाउको मेलापात अनि गाउघरको न्यानो माया सम्हाल्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय