गुल्मीमा अपाङ्ग परिचयपत्र वितरण

गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाले अपाङ्ग परिचयपत्र वितरण गरेको छ । गाउँपालिका भित्रका ७ वटै वडामा पुगेर अपाङ्ग परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिका भित्र रहेका अपाङ्गता भएका नागरिकहरुको पहिचान गर्ने तथा राज्यबाट प्राप्त सेवा सुविधाबाट बन्चित नपरोस् भन्ने उद्देश्यले नागरिकको सुविधालाई मध्यनजर गर्दै घुम्ती शिविर सञ्चालन गरिएको हो । शिविर पुष १५ गतेदेखि १७ गतेसम्म सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।

शिविरबाट ४१ जना नागरिकलाई अपाङ्ग परिचयपत्र वितरण गरिएको हो । जसमा महिला १५ जना र पुरुष २६ जना रहेको गाउँपालिकाले जनाएको छ । जसमा ‘क’ वर्गका ३ जना रहेका छन् । महिला २ जना र पुरुष १ जना छन् । ‘ख’ वर्गका १० जना रहेका छन् । महिला ४ जना र पुरुष ६ जना छन् । ‘ग’ वर्गका २१ जना रहेका छन् । महिला ७ जना र पुरुष १४ जना छन् । ‘घ’ वर्गका ७ जना रहेका छन् । महिला ३ जना र पुरुष ५ जना छन् । योसँगै गाउँपालिकाले अपाङ्ग परिचयपत्र २ सय ८३ जना नागरिकलाई वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।

परिचयपत्र वितरणको लागि सञ्चालन गरिएको घुम्ती शिविरमा गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा, उपाध्यक्ष मिना भण्डारी, मेडिकल अधिकृत डा. आषुस रिजाल, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद अर्याल, प्रशासन शाखाका नवराज घिमिरे, भिमसेन थापा, प्रकाश थापा लगायतका गाउँपालिकाका कर्मचारीहरुको उपस्थित रहेको थियो ।

यो पनि पढ्नुहोस्
गुल्मी । जनजागृति माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा पत्रकार प्रेम सुनार अध्यक्ष भएका छन ।

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ चौरमा रहेको जनजागृति माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको आज एक कार्यक्रमका विच समिति गठन गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पत्रकार प्रेम सुनारको अध्यक्षतामा ७ जना समिति गठन गरिएको वडा सदस्य शंकर रायमाझीले जानकारी दिए ।त्यस्तै विद्यालय शिक्षक अभिभावक संघको अध्यक्षमा गोकर्ण सुर्यवंशी चयन भएका छन ।विद्यालयको लेखा प्रतिवेदन विद्यालयका शिक्षक रम प्रसाद आचार्यले प्रस्तुत गरेका थिए । विद्यालयको सामाजिक वार्षिक लेखा परिक्षण समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य शंकर रायमाझीले पुर्व विद्यालय व्यवस्थापन समितिले गरेको कामको प्रशंसा गरेका थिए । साथै आज गठन भएको विद्यालय व्यवस्थापन समितिलाई धन्यावद व्यक्त गदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा समाज सेवी विभिन्न राजनितिक दलका प्रतिनिधि तथा विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थित रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय